+
+

माछापुच्छ्रे बैंकले शेयरधनीलाई १४ प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १३ गते ११:१३

१३ भदौ, काठमाडौं । माछापुच्छ्रे बैंकले सेयरधनीलाई १४ प्रतिशत लाभांश दिने भएको छ । बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांशमध्ये १३.३० प्रतिशत बोनस सेयर र ०.३० प्रतिशत नगद लाभांश हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।

बैंकले प्राथमिक पूँजीकोष पुर्‍याउन नसक्दा आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट गत आर्थिक वर्षमा सेयरधनीलाई लाभांश वितरण गर्न पाएको थिएन । दुई आर्थिक वर्षको मुनाफाबाट बैंकले यसपटक १४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?