+
+

स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. संगीता मिश्रा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १३ गते १३:३४

१३ भदौं, काठमाडौं । स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. संगीता मिश्रा नियुक्त भएकी छन् ।

स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले मन्त्रीस्तरीय निर्णय गर्दै डा. मिश्रालाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।

डा. मिश्रा स्वास्थ्य मन्त्रालयमा अतिरिक्त सचिवमा थिइन् । यसअघि विभागको महानिर्देशकमा डा. दिपेन्द्र रमण सिंह थिए । डा. सिंहलाई मन्त्रालय तानिएको छ ।

यस्तै, कान्ति बाल अस्पतालको निर्देशकमा बाल रोग विशेषज्ञ डा. पंकज रायलाई जिम्मेवारी दिइएको छ । उनी ११ औं तहका चिकित्सक हुन् । यसअघिका निर्देशक डा. युवानिधि बसौलालाई कान्तिमै राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?