+
+

सिरहामा बस्‍यो एमालेको सचिवालय बैठक

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १३ गते १६:३३

१३ भदौ, काठमाडौं । नेकपा एमाले को सचिवालय बैठक सिरहामा सुरू भएको छ ।

एमालेको चौथो महाधिवेशनबाट मदन भण्डारी महासचिवमा निर्वाचित भएको सिरहाको धनगढीमाई नगरपालिका-१४ स्थित सर्रे अम्वासमा बुधवार दिउँसो बैठक सुरू भएको हो । बैठकमा पार्टीको मिसन ग्रास्रुट अभियानको समिक्षा गर्ने र केन्द्रिय कमिटी बैठकको पनि मिति तय गर्ने नेताहरुले बताएका छन् ।

मदन भण्डारी महासचिवमा निर्वाचित भएको ऐतिहासिक ठाउँको स्मरणमा एमालेले सो ठाउँमा पार्टी सचिवालय बैठक बोलाएको हो । बैठकमा भाग लिन अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायतका नेताहरु आजै त्यहाँ पुगेका थिए ।

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७५ वर्षको अवसर पारेर एमालेले ऐतिहासिक राष्ट्रिय महत्व राख्ने शहीद स्तम्भको समेत शिलान्यास गर्नेछ । अध्यक्ष ओलीले सो स्तम्भको शिलान्यास गर्ने एमालेले जनाएको छ ।

सो ठाउँलाई पर्यटकीय दृष्टिकोणले समेत अघि बढाउने उद्देश्यसहितका मदन भण्डारी स्मृति विद्यालय, मदन भण्डारी पार्क निर्माण गर्ने पार्टीको योजना रहेको पनि बताइएको छ ।

थप तस्वीरहरू:

May be an image of 3 people, dais and text

May be an image of 6 people and wedding

May be an image of 1 person and text

May be an image of 8 people and wedding

May be an image of 7 people, dais and text

May be an image of 8 people

May be an image of 7 people, suit and wedding

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?