१४ भदौ, काठमाडौं । लिओनल मेस्सीले गोल गर्न नसक्दा इन्टर मियामीको विजय यात्रामा ब्रेक लागेको छ ।
अमेरिकाको एमएलएस (मेजर लिग सकर) मा बिहीबार मियामीले नासभिल एससीसँग गोलरहित बराबरी खेलेको हो । मेस्सीलाई भित्र्याएपछि मियामीले खेल जित्न नसकेको यो पहिलो पटक हो ।
यसअघि मेस्सी आएपछिका सबै ९ खेल जितेको थियो र ती खेलमा मेस्सीले ११ गोल गरेका थिए । उनले क्लबलाई पहिलो पटक उपाधि दिलाउने क्रममा लिग कप जितेका थिए ।
नासभिल एससीविरुद्धको खेलमा ३६ वर्षका मैस्सीले गोलको प्रयासमा ७ प्रहार गरेका थिए । तर गोल गर्न सकेनन् ।
बराबरीसँगै इन्टर मियामी एमएलएस प्ले अफ क्वालिफिकेसन स्पटबाट १७ अंक टाढा छ र १० खेल बाँकी छ ।
प्रतिक्रिया 4