+

नेपालगञ्ज म्याराथन आउँदो मंसिर ९ गते हुने

२०८० भदौ  १५ गते १३:४३ २०८० भदौ १५ गते १३:४३
नेपालगञ्ज म्याराथन आउँदो मंसिर ९ गते हुने

१५ भदौ, नेपालगञ्ज । नवौं नेपालगञ्ज म्याराथन आउँदो मंसिर ९ गते शनिबार आयोजना हुने भएको छ । म्याराथन आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले नवौं संस्करणको मिति तय गरेको संस्थापक अध्यक्ष टिएस ठकुरीले जानकारी दिए ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मंसिर २०६३ को स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएको नेपालगञ्ज म्याराथन यस वर्ष ९ गते हुन लागेको हो ।

म्याराथनका लागि २०८० भदौ १ गते देखि खेलाडी दर्ता खुला गरिएको छ । नेपालगञ्ज म्याराथनको वेवसाइटमा गएर फर्म दर्ता गर्न सकिने र दर्ता शुल्क भुक्तानी गर्न सकिनेछ ।

यस वर्ष अघिल्लो वर्षमा भन्दा चार विधा थप गरि १४ वटा विधा समावेश गरिएको छ । स्कुलस्तरीयमा बाह्य जिल्ला र स्कुलस्तरमा पनि कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग–अलग स्पर्धा गराइनेछ ।

प्रतियोगितामा पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन (२१ किमी), १० किमी पुरुष/महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन (८देखि १२ वर्ष उमेर समुह), ५ किमी कर्पोरेट रन, ५ किमी ट्राइसाइकल र ५ किमी वाकाथन समावेश गरिएको ठकुरीले बताए ।

स्कुलस्तरीय दौडलाई बाँके जिल्ला तथा बाह्य जिल्ला गरी अलग अलग स्पर्धा गराइ पुरस्कृत गरिनेछ । त्यसैगरी, बाँके जिल्लाका हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग अलग दौड (५किमी) सञ्चालन गरिनेछ ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन हुने नेपालगञ्ज म्याराथनको टाइटल स्पोन्सर प्रतिष्ठित व्यावसायिक घराना केएल दुगड ग्रुपको उत्पादन धारा तेल रहेको छ ।

नेपालगञ्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट मान्यताप्राप्त दौड प्रतियोगिता हो ।

नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ विजेता बनेका थिए ।

त्यसैगरी दोस्रोमा सेनाकै कृष्ण बस्नेततेस्रोमा जुम्लानिवासी भारतीय गोर्खा सेनामा कार्यरत दुर्गाबहादुर बुढाचौथोमा नेपाल पुलिस क्लबका भुमिराज राईपाँचौंमा सेनाका भिमबहादुर साउदछैठौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्कीसातौंमा एपीएफकै किरणसिंह बोगटी र आठौंमा सेनाकै खडकबहादुर खड्का विजेता बनेका थिए ।

महिला हाफ म्याराथनतर्फ सातौं र आठौं संस्करणमा गोल्डेन गर्ल सन्तोषी श्रेष्ठ च्याम्पियन बनेकी थिइन ।

महिलातर्फ पहिलोमा एपीएफका कृष्णेस्वरी सिन्तकलादोस्रोमा एपीएफकी कान्छीमाया कोजुतेस्रोमा आर्मीकी रेशु बस्नेतचौथोमा एपीएफकै कान्छीमाया कोजुपाँचौंमा आर्मीकी पुर्णलक्ष्मी न्यौपानेछैटौंमा एपीएफकी पुष्पा भण्डारी विजेता बनेका थिए । दुई संस्करण जित्ने खेलाडी कान्छीमाया कोजु र सन्तोषी श्रेष्ठ हुन् ।

नेपालगञ्ज म्याराथन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय