+
+

एसियन च्याम्पियनसिपका लागि टेबल टेनिस खेलाडी कोरिया प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १५ गते १४:३०

१५ भदौ, काठमाडौं । २६ औं एसियन च्याम्पियनसिपका लागि नेपालका टेबल टेनिस खेलाडी कोरिया प्रस्थान गरेका छन् ।

नेपालका लागि यस पटक ५ जना खेलाडीले एसियन च्याम्पियनसिपमा भाग लिएका छन् । सेप्टेम्बर ३ देखि १० (भदौ १७ देखि २४ गते) सम्म कोरियाको पियोङ चाङमा प्रतियोगिता हुँदैछ ।

एसियन गेम्सको तयारी गरिरहेका नेपालका ६ मध्ये ५ खेलाडीले एसियन च्याम्पियनसिप खेल्न लागेका हुन् ।

नविता श्रेष्ठले भने ओलम्पिक संघको आयोजनामा अमेरिकामा हुने एक इभेन्टमा जाने भएका कारण एसियन च्याम्पियनसिप गुमाएकी हुन् ।

एसियन गेम्सको तयारीमा रहेका अन्य देशका खेलाडी पनि एसियन च्याम्पियनसिपमा आउने हुनाले एसियन गेम्सको तयारी स्वरुप यो प्रतियोगितालाई लिएको खेलाडीहरुले बताएका छन् ।

एसियन च्याम्पियनसिप खेल्ने नेपाली टिम :

खेलाडीहरू :  सिक्का सुवाल श्रेष्ठ, रुबिन महर्जन, संयोग कपाली, विलोश श्रेष्ठ र इभाना थापा

प्रशिक्षक : सञ्जीव ढुंगेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?