+
+

बागमती प्रदेश क्रिकेट संघको नेतृत्व छान्न मतदान सुरु, पारस र उमेशबीच प्रतिस्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १५ गते १७:४६

१५ भदौ, काठमाडौं । बागमती प्रदेश क्रिकेट संघको अध्यक्ष चयनका लागि अहिले मतदान भइरहेको छ । अध्यक्षमा पारस खड्का र उमेश पियाको उम्मेदवारी परेको छ ।

पारस काठमाडौंका हुन भने पिया चितवनका ।

उपाध्यक्षमा मकवानपुरका प्रेमबहादुर क्षेत्री र भत्तपुरका रुपक रञ्जितले मनोनयत दर्ता गरेका छन् ।

यस्तै सचिवमा ललितपुरका प्रशन्न शाक्य र नुवाकोटका प्रज्वल सापकोटाले मनोनयन दर्ता गरेका छन् ।

महिला सदस्यमा भत्तपुरकी नीरा राजोपाध्यय निर्विरोध भएकी छिन् । उनी महिला टिमकी पूर्व कप्तान हुन् ।

बाँकी ८ सदस्यका लागि १५ जना चुनावी मैदानमा छन् ।

६ जिल्लाबाट २४ र कार्यसमितिको १३ जना गरी कुल ३७ जनाले मतदान गर्न पाउनेछन् । उनीहरूको चयनबाट आगामी चार वर्षका लागि १३ सदस्यीय प्रादेशिक क्रिकेट संघ वागमती प्रदेशको नेतृत्व चयन हुनेछ ।

६ जिल्ला र वर्तमान कार्यसमितिका ७ सदस्यीयले पारसलाई अध्यक्ष बनाउने सर्वसम्मितिसहित यसअघि नै पत्रकार सम्मेलन गरिसकेकाले उनको दाबेदारी बलियो मानिएको छ ।

पत्रकार सम्मेलनमा चितवन र नुवाकोटलाई बाहिर राख्दै बाँकी चार जिल्लाले बाँकी पदमा भागभण्डा गर्ने यसअघि नै सार्वजनिक भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?