+
+

बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १५ गते १८:४१

१५ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित भएका छन् ।

आज भएको चुनावमा उमेश पियालाई पछि पार्दै पारस अध्यक्ष निर्वाचित भएका हुन् । उनले २३ मत पाए भने पियाले १४ मत पाए ।

१३ सदस्यीय कार्यसमितिमा पारससहित उनको टिमबाट १२ जना चयन भएका छन् ।

उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य, कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी भए ।

सदस्यहरुमा अजयवीर पाण्डे, अनिल अधिकारी, सन्जोग पोखरेल, सुजन महर्जन, धिरज श्रेष्ठ, शेखर श्रेष्ठ, बसन्तराज सत्याल ‘अरुण’ र अनुजमान श्रेष्ठ निर्वाचित भए ।

नीरा राजोपाध्याय भने निर्विरोध निर्वाचित भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?