+
+

नेपाल र कुवेतको भेट्रान्स क्रिकेट टिमबीच टी-२० सिरिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १५ गते २०:२५

१५ भदौ, काठमाडौं । नेपाल भेन्ट्रास क्रिकेटर संघको आयोजनामा नेपाल र कुवेतको भेट्रान्स क्रिकेट टीम (कुवेत बादशाह क्रिकेट क्लब)बीच भेन्ट्रास टी-२० सिरिज हुने भएको छ ।

इन्टरनेशनल टी-२० भेट्रान्स क्रिकेट बाइलाटरल सिरिज नाम दिइएको उक्त सिरिजमा तीन खेल हुनेछ ।

आयोजक भेन्ट्रास संघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सेप्टाम्बर २ देखि ४ सम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा सिरिज हुने जानकारी गराएको हो ।

पहिलो खेल सेप्टेम्बर २ मा हुनेछ भने दोस्रो खेल सेप्टेम्बर ३ र तेस्रो खेल सेप्टेम्बर ४ मा खेलाइनेछ ।

किरण राणाको कप्तानीमा रहेका नेपाली भेट्रान्स टोलीमा राष्ट्रिय टोलीका पूर्व कप्तान पवन अग्रवाल र परेश लोहनीलगायत खेलाडी छन् ।

नेपाल भेन्ट्रास टोली :

किरण राना (कप्तान), राजु बस्नेत (उपकप्तान), उदय बहादुर थापा, प्रफुल्ल बैद्य, मन्जुर आलाम, दीपेन्द्र चौधरी, रोशन सिंह, सुमन यदय (विकेटकिपर), कीर्तरथ शाक्य(विकेटकिपर), रिकेश लामा, सन्जय श्रेष्ठ, पवन अग्रवाल, परेश लोहनी, सुदीप शर्मा, विकाश सिंह ।

मुख्य प्रशिक्षक : सुनोज भट्टाई

सहायक प्रशिक्षक : पुर्नेदु घोष

टिम व्यवस्थापक : कर्ण थापा

टिम फिजियो : लोकेन्द्र कुँवर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?