+
+

सुधारिँदै काठमाडौंको वायु, खतरा उस्तै

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २० गते १८:२८

२० वैशाख, काठमाडौं । केही दिनअघिसम्म विश्वकै प्रदूषित सहरको रुपमा परेको काठमाडौंको वायुमा व्यापक सुधार आएको छ । विश्वभरको वायु गुणस्तर जाँच्दै आएको आईक्यू एअरका अनुसार बिहीबार प्रदूषित सहरमध्ये ८औं स्थानमा झरेको हो ।

बिहीबार दिउँसो काठमाडौंको वायु गुणस्तर ११६ मापन गरिएको छ । जबकि एकहप्ताअघि मात्रै काठमाडौंको वायु गुणस्तर १९४ सम्म पुगेको थियो । काठमाडौं वायु गुणस्तरमा व्यापक सुधारसहित ८औं स्थानमा झर्दा इराकको बागदाद प्रदूषित सहरको एक नम्बरमा उक्लिएको छ ।

बागदादको वायु गुणस्तर १६१ मापन गरिएको आईक्यू एअरले उल्लेख गरेको छ । त्यस्तै भारतको कलकत्ता सहर १५८ अंकसहित दोस्रो प्रदूषित सहर बनेको छ ।

वातावरण विभागका अनुसार पछिल्लो समय घन्टामा नेपालकोभरिकै वायु गुणस्तरमा केही सुधार आएको छ । यद्यपि, पछिल्लो २४ घण्टाको मापनअनुसार चितवनको भरतपुर र काठमाडौंको भैंसीपाटी अझै खतरामै छन् ।

विज्ञका अनुसार पछिल्लो समय देशैभर डढेलो र आगलागीका घटना बढेकाले पनि प्रदूषण बढेको हो । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार केही स्थानमा छिटपुट वर्षा भए पनि तत्कालका लागि राम्रो वर्षाको सम्भावना छैन ।

विज्ञका अनुसार यो सूचकांक १०० देखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यस्तो वायुमा धेरै समय बिताए स्वास्थ्यमा प्रतिकूल असर देखाउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?