+
+

इन्स्टाग्राममा आउँदै नयाँ अपडेट, १० मिनेटसम्मको रील्स बनाउन सकिने !

एजेन्सी एजेन्सी
२०८० भदौ १७ गते १४:०३

मेटा कम्पनीको स्वामित्वमा रहेको सोसल मिडिया प्लाटर्फम इन्स्टाग्रामले एक नयाँ फिचर ल्याउने भएको छ । सो नयाँ फिचर आएसँगै इन्स्टाग्राममा १० मिनेटसम्मको रील बनाएर पोस्ट गर्न सकिनेछ ।

हाल इन्स्टाग्राम रील अधिकतम १ मिनेटसम्मको मात्र बनाउन सकिन्छ ।

रील्सको समय बढाएर १० मिनेटसम्म बनाएमा त्यसले टिकटक तथा युट्युबलाई कडा टक्कर दिने अपेक्षा गरिएको छ । टिकटकले यस्तो फिचर गतवर्षको फेब्रुअरीमै ल्याएको थियो । रील्सको नयाँ अपडेट शैक्षिक, श्रृंगार तथा खानेकुराहरु सम्बन्धी रील्स भिडियो बनाउनेलाई निकै उपयोगी हुने मेटाको भनाइ छ ।

प्रविधि सम्बन्धी वेबसाइट टेकक्रन्चका अनुसार हाल मेटाले १० मिनेटको रील्सको परीक्षण बिटा भर्सनमा गरिरहेको छ । चर्चित रिभर्स इन्जिनियर अलेसान्द्रो पालुज्जीले मेटाले गरिरहेको उक्त परीक्षण सम्बन्धीको स्क्रिनशट सार्वजनिक गरेका छन् ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?