+
+

रुकुममा खोलाले बगाउँदा दाजुबहिनीकाे मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १८ गते ९:५९

१८ भदौ, रुकुम । रूकुम पश्चिममा खाेलाले बगाउदा एकै घरका दाजुबहिनीकाे मृत्यु भएकाे छ ।

मृत्यु हुनेमा चाैरजहारी नगरपालिका- ६ घर्तीकाँडाका रतन बुढाथाेकीका १० वर्षीय छाेरा मनाेज र ६ वर्षिया छाेरी भावना बुढाथोकी रहेकी छन् ।

आइतबार बेलुकी बिद्यालयबाट घर फर्किने क्रममा खाेलामा आएकाे बाढीले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

दुवैको शव डेढ सय मिटर तल फेला परेकाे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?