+
+

कोशी प्रदेश सरकारविरुद्धको रिटको बहस मंगलबार सकिने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १८ गते १४:०८
मुख्यमन्त्री उद्धव थापा

१८ भदौ, काठमाडौं । कोशी प्रदेश सरकारले पाएको विश्वासको मतको वैधतासम्बन्धी परेको रिटको बहस मंगलबार सक्ने सर्वोच्चले तयारी गरेको छ ।

आजदेखि पूर्ण इजलासमा सुनुवाइ सुरु भएकोमा न्यायाधीशहरुले मंगलबारसम्म बहस सुन्ने र त्यसपछि आदेश गर्ने गरी समय विभाजन गरेका हुन् ।

इजलासको नेतृत्व गरेकी न्यायाधीश सपना प्रधान मल्लले भनिन्, ‘आज तपाईंहरु (निवेदक)को कुरा सुन्छौं, भोलि सरकारी वकिल र विपक्षीहरुका कानून व्यवसायीहरुको पालो हुनेछ ।’

उनले प्रदेश सभाको अध्यक्षता गरेकाहरुले पनि भोलि नै आफ्नो कुरा राख्न पाउने बताइन् ।

सोमबार दिउँसो १२ बजेदेखि सुरु भएको बहसमा निवेदकहरुले ४ घण्टा आफ्ना कुरा राख्न पाउनेछन् ।

कोशीको मुद्दा न्यायाधीश मल्ल सहित डा. कुमार चुडाल र नहकुल सुवेदीको इजलासमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?