+
+

बिशाल र सनमले दिलाए नेपाललाई स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १८ गते २०:३३

१८ भदौ, काठमाडौं । विशाल पौडेल र सनम मुलगुठीले काठमाडौंमा जारी ५५ औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।

च्याम्पियनसिपमा विशालले पुरुष जुनियर शारीरिक सुगठन ७५ केजी माथिको तौल समूहमा भारतका कुमार अनिललाई पछि पार्दै स्वर्ण हात पारेका हुन् ।

महिला स्वीम सुट फिजिक्स खुल्ला विधातर्फ सनमले स्वर्ण जितिन् । उनले हङकङ चाइनाकी मा सिन यीलाई पछि पार्दै स्वर्ण हात पारेकी हुन् । नेपालका सुरेश दुवालले पुरुष ५५ केजीमा रजत पदक जिते । उनी भियतनामका बुइ दाक फि भु संग पराजित भएका थिए ।

६० केजी तौलमा अश्मिन बाबु गरुङले रजत र कमल भण्डारीले कास्य पाए । यस विधामा थाइल्याण्डका जिराफन पोङ्गकामले स्वर्ण जिते । प्रतियोगितामा १७ राष्ट्रका १६८ पुरुष र ६८ महिला गरी २३६ खेलाडीहरुले विभिन्न ४५ विधामा प्रतिस्पर्धा गरिरहेका छन् ।

च्याम्पियनसिपमा नेपाल, भुटान, चीन, हङकङ चाइना, भारत, काजाखस्तान, मकाउ चाइना, मालदिभ्स, मलेसिया, म्यानमार, सिंगापुर, दक्षिण कोरिया, श्रीलंका, थाइल्याण्ड, ताजाकिस्तान, उज्वेकिस्तान र भियतनामको सहभागिता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?