+
+

एआईको सहयोगमा सुपरहिरो फिल्म बनाउँदै निखिल उप्रेती

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते १३:३३
फाइल तस्वीर

काठमाडौं । निखिल उप्रेती एक्सन अभिनेताको रुपमा दर्शकमाझ चर्चित छन् । साततले भवनबाट हामफालेका उनको कुनैबेलाको स्टन्टको चर्चा अहिले पनि हुने गर्छ । उनै निखिललाई लिएर यतिबेला नयाँ खबर छ ।

एक पड्कास्ट अन्तर्वार्तामा निखिलले नेपालीपन बोकेको सुपरहिरो फिल्म निर्माणको तयारीबारे खुलासा गरेका छन् । हलिउड स्टुडियो मार्वलले बनाउने सुपरहिरो फिल्मबाट आफू प्रभावित भएको र नेपालमा पनि यस्तै खाले सुपरहिरो फिल्मको परिकल्पना आफूले गरेको उप्रेतीले बताएका छन् ।

उनले भने, ‘म मार्वलबाट प्रभावित भएर फिल्म पनि बनाउँदैछु । बजेट ठूलै अवश्य हुन्छ । तर नेपाली फिल्म भनेर बाहिरको लागि पनि देखाउन सकौं न ।’ यो अनटाइटल फिल्मले नेपालीपन बोक्ने उनको भनाइ छ । नेपालको कथावस्तुलाई विश्वले हेरोस् भन्ने उद्देश्यले फिल्म बनाउन लागिएको उनले बताए ।

‘हाम्रो सुपरहिरो कस्तो होला ? कस्तो इनोसेन्ट होला । स्पाइरम्यानजस्तो त पक्कै नहोला,’ उनले भने । उक्त अन्तर्वार्तामा निखिलले यो फिल्ममा लगानी गर्न केही व्यक्तिले रुचि देखाएको र आफूले निर्देशन गर्न सक्ने संकेत गरेका छन् ।

यो फिल्म निर्माणका लागि आफूले कृत्रिम बौद्धिकता (एआई)बाट सहयोग लिनेबारे पनि उनले कुरा गरेका छन् । निखिलको पछिल्लो फिल्म ‘भिलेन’ सन् २०१९ मा रिलिज भएको थियो । ‘पिंजडा’बाट उनले नेपाली फिल्ममा अभिनय करिअर थालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?