+
+

‘कमिसनमा बेरुजु फर्छ्यौट हुन्छ’

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते १३:४८

१९ भदौ, काठमाडौं । सांसदहरुले नेपालमा बेरुजु र त्यसको फर्छ्यौटमा प्रश्न उठाएका छन् । उनीहरुले कमिसनको आधारमा बेरुजु फर्छ्यौट हुने गरेको समेत दाबी गरेका छन् ।

सार्वजनिक लेखा समितिको आजको बैठकमा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले कमिसनमा आधारित बेरुजु फर्छ्यौट भएको बताए । उनले भने, ‘५० लाखको कमिसन पाएपछि बेरुजु फर्छ्यौट हुन्छ । व्यवहारिक पाटो यही हो ।’

बेरुजु फर्छ्यौट सम्बन्धित कार्यालयका अधिकारीले गर्छन् । महालेखा परीक्षकको कार्यालयका कर्मचारीले सरकारी कार्यालयमा अडिट गर्छन् । यदि बेरुजु पत्ता लागे कमिसनमा फर्छ्यौट हुने सांसद दाहालको दाबी छ ।

बैठकमा नेकपा एमालेका सांसद एवम् पूर्वमन्त्री गोकुल बास्कोटाले पनि महालेखाको प्रतिवेदन महापुराण जस्तो भाषण हुने र निचोड नहुने टिप्पणी गरे । उनले भने, ‘टेक्निकल अडिट गर्दैगर्दैनौ । यहाँ ल्याप्सेस छ । यसकारण गुणस्तरीय काम हुँदैन ।’

महालेखाको प्रतिवेदन महापुराण जस्तो

सधैं ठेक्का पाउने र तर गुणस्तरीय काम नहुने पप्पु कन्स्ट्रक्सनको उदाहरण दिँदै उनले भने, ‘तरंगित भएर होइन, तथ्यमा आधारित भएर मात्रै उजुरी सार्वजनिक गरौं । त्यो स्टन्टबाजी हुन्छ म यस्तो पक्षमा छैन । बिगतमा दिइएका निर्देशन र त्यसको कार्यान्वयन खोजौं ।’

नेकपा एमालेका सचिवसमेत रहेका अर्का सांसद योगेश भट्टराईले निर्णयकर्ता मन्त्री र सचिव तथा कार्यान्वयनकर्तालाई समेत बेरुजुमा जिम्मेवार बनाउनुपर्ने बताए । कुन मन्त्रीको पालामा भएको बेरुजु सम्बन्धित दलमा पठाउनुपर्ने बताउँदै उनले भने, ‘ताकी दल पनि जिम्मेवार हुन सक्छ र आगामी जिम्मेवारीका सन्दर्भमा निर्णय लिन सहज हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?