+
+

भृकुटीमण्डपका अनधिकृत टहरा महानगरले भत्कायो

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १९ गते १८:०४
फाइल तस्वीर

१९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाले भृकुटीमण्डपमा अनधिकृत रूपमा बनाइएका ४ वटा टहरामा डोजर चलाएको छ ।

महानगरले अनुमतिविना बनाइएका टहरमाथि डोजर चलाइएको महानगरका नगर प्रहरी निरीक्षक ईश्वर वाग्लेले जानकारी दिए ।

‘भृकुटी मण्डपमा शौचालयका लागि मात्रै अनुमति भएको ठाउँमा अन्य टहराहरु निर्माण गरेर व्यापार गरेपछि डोजर चलाएर भत्काएका हौं,’ वाग्लेले भने ।

यसअघि पटक–पटक उक्त टहरा हटाउन सूचना गरेपनि अटेर गरेपछि डोजर चलाउन बाध्य भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?