+
+

भृकुटीमपण्डका पसल व्यवस्थित बनाउन बजेट छुट्याएका छौं : मन्त्री आचार्य

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २ गते १६:२१

२ पुस, काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्रराज आचार्यले भृकुटीमण्डपका निम्न व्यवसायीहरुको माग सम्बोधन गर्ने बताएका छन् ।

सोमबार भृकुटीमण्डपस्थित खुला बजारको ३२ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले यस वर्ष भृकुटीमण्डपका आधा पसलको प्लास्टिकको छाना हटाउने, ढल, खानेपानी र शौचालय व्यवस्थापन गर्ने बताएका हुन् ।

भृकुटीमण्डपको अस्तव्यस्ततालाई सुधार गर्ने र निम्न व्यवसायीहरुको माग पूरा गर्नुपर्ने उनले बताए । ‘तपाईहरुको प्रमुख समस्या भनेको यो प्लास्टिकको छानालाई सेमी स्टलको रुपमा व्यवस्थित गर्नुपर्छ भन्ने माग छ । यहाँका ढल, खानेपानी र शौचालयको व्यवस्थापन हो । त्यसको लागि बजेट छुट्याएका छौं’, उनले भने ।

मन्त्री आचार्यले केही व्यापारीहरु भृकुटीमण्डपको व्यापार छोडेर अन्यत्र जान चाहने तर हक हस्तान्तरण नहुने समस्या रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?