+
+

वडाध्यक्ष रिजालको पार्थिव शरीर राष्ट्रिय सभागृहमा, मेयर बालेनले ओढाए झण्डा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २१ गते ११:३०

२१ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष मुकुन्द रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्न उनको पार्थिव शरीर राष्ट्रिय सभा गृहमा राखिएको छ । सभागृह पुगेर मेयर बालेन शाहले रिजालको पार्थिव शरीरमा काठमाडौं महानगरको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरे ।

अन्य व्यक्तिहरु पनि लामबद्ध भएर रिजालप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

उनको पार्थिव शरीर १२ बजेसम्म राष्ट्रिय सभागृहमा राख्ने, १२ः३० बजेदेखि १ः३० बजेसम्म पशुपति मन्दिर परिसरमा श्रद्धाञ्जलीका लागि राख्ने र दिउँसो २ः३० बजे दाहसंस्कार गर्ने कार्यक्रम छ ।

रिजालको आज बिहान ७ः३० बजे काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?