
२२ भदौ, काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य बढेको र चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार शुक्रबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ ।
शुक्रबार छापावाल सुनको मूल्य एक लाख १२ हजार ३ सय, तेजावी सुनको मूल्य एक लाख ११ हजार ७५० र चाँदीको मूल्य १ हजार ४ सय ५ रुपैयाँ कायम भएको छ ।
बिहीबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख १२ हजार, तेजावी सुनको मूल्य एक लाख ११ हजार ४५० रुपैयाँ र चाँदी १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4