+
+

गउफले जितिन् पहिलो ग्राण्डस्लाम उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २४ गते ६:५६

२४ भदौ, काठमाडौं । अमेरिकन टिनएजर खेलाडी कोको गउफले पहिलो पटक ग्राण्डस्लामको उपाधि जितेकी छन् ।

वर्षको अन्तिम ग्राण्डस्लाम युएस ओपन टेनिसको फाइनलमा आर्यना साबालेन्कालाई २-१ को सेटमा पराजित गर्दै गउफले उपाधि जितेकी हुन् ।

न्यूयोर्कस्थित आर्थर एसेस स्टेडियममा छैटौं वरीयताका गउफले पहिलो सेट २-६ ले गुमाएको थिइन् । तर त्यसपछि पुनरायमन गरेकी उनले दोस्रो सेट ६-३ र तेस्रो सेट ६-२ ले आफ्नो पक्षमा पार्दै खेल जितिन् ।

१९ वर्षीया गउफ यसअघि गत वर्ष फ्रेन्च ओपनको फाइनल पुगे पनि पराजित भएकी थिइन् ।

पहिलो पटक उपाधि जित्दा गउफले आफू खुशी भएको र यसका लागि व्यक्त गर्ने शब्द नभएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?