+
+

‘पुअर थिंग्स’ले जित्यो भेनिसमा शीर्ष पुरस्कार

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २४ गते १५:००

काठमाडौं । फिल्म ‘पुअर थिंग्स’ले भेनिस फिल्म फेस्टिभलको शीर्ष पुरस्कार गोल्डेन लायन जितेको छ । योर्गोस लान्थिमस निर्देशित यो फिल्ममा एम्मा स्टोनले पुनर्जन्म प्राप्त गर्ने युवतीको भूमिका निर्वाह गरेकी छन् ।

मुख्य तीन फिल्महरु योर्गोसको ‘पुअर थिंग्स’, रेयुसुके हामागुचीको ‘एभिल डज नट एक्जिस्ट’ र अग्निस्का होल्यान्डको ‘ग्रिन बोर्डर’ले शीर्ष पुरस्कार जित्ने अनुमान गरिएको थियो । निर्देशक डेमियन चेजल जुरी संयोजक रहेको रहेको जुरी समूहले तीनवटै फिल्मलाई पुरस्कार बाँडेर अनुमानलाई सही साबित गरिदिए ।

अघिल्लो वर्ष ओस्कार जितेका रेयुसुके हामागुचीले भेनिसमा ग्रान्ड जुरी अवार्ड जिते भने स्पेसनल जुरी पुरस्कार अग्निस्का होल्यान्डले ‘ग्रिन बोर्डर’का लागि हात पारे ।

सिल्भर लाइन बेस्ट डाइरेक्टरको अवार्ड भने बसाइँसराइ र आप्रवासी समस्यामा बनेको माटेउ गारोनीको ‘मी क्याप्टन’ले जित्यो । उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड भने क्रमशः प्रिस्सिला केनी र पिटर सार्सगाडले हात पारे ।

नेपालबाट ‘द रेड सुटकेस’ले भेनिसको दोस्रो ठूलो पुरस्कारका लागि प्रतिस्पर्धा गरेको थियो । फिल्मले भेनिसमा भइरहेका साइड इभेन्टमा दुई पुरस्कार जित्न सफल भयो । होराइजन्स भनिने यो विधाको उत्कृष्ट फिल्मको पुरस्कार ‘एक्स्प्लानेसन फर एभ्रिथिङ’ले जित्यो भने निर्देशकतर्फ यही विधामा मिका गुस्ताफसन ‘प्याराडाइज इज बर्निङ’का लागि उत्कृष्ट निर्देशक ठहरिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?