+
+

थाइल्याण्ड ओपन करातेमा नेपाललाई १२ पदक

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २५ गते १५:५८

२५ भदौ, काठमाडौं । थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा नेपालले १२ पदक जितेको छ । सेप्टेम्बर ६ देखि १० तारिखसम्म भएको प्रतियोगितामा नेपालले सिनियरतर्फ एक कास्य तथा जुनियर र क्याडेततर्फ ११ पदक जितेको हो ।

सिनियरतर्फ ५५ केजिमा नेपालका लागि निमा तामाङले कास्य पदक जितेकी हुन् ।

जुनियरतर्फ नेपालले २ स्वर्णसहित ११ पदक जितेको हो । जुनियरतर्फ युथ १२ को ३५ केजि तौल समूहमा नेपालका मनिल श्रेष्ठ तथा ४० केजि तौल समूहमा सङ्युना मगरले स्वर्ण पदक जिते ।

यसैगरी क्याडेट ७० केजि माथि तौल समूहमा हार्दिक थपलिया तथा जुनियरतर्फ युथ १४ मा एकल कातामा राहन जाभेदले रजत पदक जिते ।

जुनियरको युथ १२ तर्फ ३० केजि तौल समूहमा विविशा अधिकारी, ३५ केजि तौल समूहमा प्रलेश महर्जन, ४० केजि तौल समूहमा अविधी विश्वकर्मा, ४५ केजि तौलमा कविर शर्मा चौलागाईँ र ४५ केजि तौल समूहभन्दा माथिमा सुमन मल्लले कास्य पदक जिते ।

जुनियरतर्फ उजिन पन्डित क्षेत्रीले ७६ केजिमा कांस्य तथा क्याडेततर्फ पुरुष ५७ केजि मुनी जिसम लुङ्गेलीले कांस्य पदक जिते ।

नेपाली टोलीको प्रशिक्षक तथा १३ औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता मन्देकाजी श्रेष्ठ थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?