+
+

रहेनन् पावर प्वाइन्टका सहनिर्माता

एजेन्सी एजेन्सी
२०८० भदौ २६ गते १२:४९

माइक्रोसफ्टको निकै उपयोगी तथा लोकप्रिय सफ्टवेयरको रुपमा रहेको पावर प्वाइन्टका सहनिर्माता डेनिस अस्टिनको निधन भएको छ ।

लामो समयदेखि फोक्सोको क्यान्सरसँग जुधिरहेका अस्टिनको ७६ वर्षको उमेरमा निधन भएको हो । उनको जन्म सन् १९४७ को मे २८ मा पिट्सबर्गमा भएको थियो । उनले भर्जिनिया विश्वविद्यालयबाट इन्जिनियरिङको अध्ययन गरेका थिए ।

सन् १९८४ मा डाइरेक्ट ब्याट्रीबाट चल्ने ल्यापटप बनाउने एक स्टार्टअप कम्पनीले जागिरबाट निकालेको थियो र त्यसपछि उनलाई फोरथट कम्पनीले काममा राखेको थियो ।

एप्पलका दुईजना पूर्व कर्मचारीहरुले फोरथट कम्पनीको आधार तयार गरेका थिए । सन् १९८७ मा माइक्रोसफ्टले फोरथट कम्पनी खरिद गरेसँगै अस्टिनले पावर प्वाइन्टको निर्माणमा अहम् भूमिका निर्वाह गरेका थिए । माइक्रोसफ्टबाट उनी सन् १९९६ मा सेवानिवृत्त भए ।

सन् १९९३ सम्म पावर प्वाइन्टबाट माइक्रोसफ्टको आम्दानी १० करोड डलर नाघिसकेको थियो । पछि माइक्रोसफ्टले पावर प्वाइन्टलाई आफ्नो अफिस सूटसँग एकीकृत गर्‍यो ।

सन् १९८५ देखि १९९६ को बीचमा अस्टिनले पावर प्वाइन्टको सुरुआती विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

एक सफ्टवेयर इन्जिनियरका रुपमा आफ्नो कार्यकालमा पावर प्वाइन्टलाई उत्कृष्ट बनाउनु अस्टिनको काम थियो ।

पावर प्वाइन्टको निर्माण प्रस्तुतिलाई सरल तथा राम्रो बनाउनका लागि गरिएको थियो र अहिले पनि यसको व्यापक प्रयोग हुने गरकेो छ । एक तथ्यांक अनुसार हाल हरेक दिन पावर प्वाइन्टमा तीन करोड प्रस्तुति तयार हुने गरेका छन् ।

अस्टिनले Sweating Bullets: Notes about Inventing PowerPoint नामक एक पुस्तक लेखेका छन् । सन् २०१२ मा सो पुस्तक सार्वजनिक भएको थियो ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?