+
+

बर्जर पेन्ट्सको ‘बर्जर हाम्रो घर हाम्रो शान’ योजना सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २६ गते १४:४८

काठमाडौं । बर्जर जेन्सन एन्ड निकोल्सन (नेपाल) प्रालिले दशैं र तिहार पर्वलाई लक्षित गरी ‘बर्जर हाम्रो घर हाम्रो शान’ योजना सार्वजनिक गरेको ।

घरको सौन्दर्यता अभिवृद्धि गर्ने उदेश्यले सार्वजनिक गरिएको यस योजना अन्तर्गत एकजना भाग्यशाली विजेताले ५ लाख रुपैयाँको बम्पर पुरस्कार प्राप्त गर्ने छन् ।

थप तीन जनाले जनही १ लाख रुपैयाँ र अन्य १० जना ग्राहकले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

यसबाहेक यो योजनाले घरधनीहरूलाई इन्टेरियर डिजाइनरबाट निःशुल्क परामर्श सेवाहरू प्राप्त गराई विज्ञको सल्लाह अनुसार आफ्नो घर सिंगार्ने अवसर प्राप्त गर्ने कम्पनीले बताएको छ ।

साथै डिजिटल प्रतियोगितामा भाग लिई १०० उत्कृष्ट घरधनीहरूले आफ्नो घरको सुन्दर तस्वीर सेयर गरेर जनही २५ हजार रुपैयाँको नगद पुरस्कार प्राप्त गर्ने मौका पाउनेछन् ।

यो योजना बर्जर सिल्क ब्रीद इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरी, वेदरकोट लङ लाइफ, वेदरकोट अल गार्ड फ्लेक्सो र वेदरकोट अल गार्ड जस्ता सीमित बर्जर उत्पादनहरूमा मात्र लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?