+
+

इटहरीबाट सुरु भयो दयाहाङ र मिरुनाको ‘रंगेली’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २६ गते १६:३४

काठमाडौं । कलाकारद्वय दयाहाङ राई र मिरुना मगरलाई यतिबेला फिल्मको चटारो छ । यी दुईले जोडी बाँधेको फिल्म ‘नांगो गाउँ’ शुक्रबारदेखि देशव्यापी प्रदर्शनमा आउँदैछ भने मंगलबार इटहरीबाट अर्को फिल्म ‘रंगेली’को छायांकन सुरु भएको छ ।

मिरुनाले बुधबारदेखि छायांकन सेट ज्वाइन गर्नेछिन् भने ‘गाउँ आएको बाटो’ प्रिमियरका लागि टोरन्टो पुगेका दयाहाङ चाहिं केही दिनपछि सेटमा पुग्ने जनाइएको छ । निर्माताले मुहूर्तको तस्वीर सेयर गर्दै छायांकन सुरु भएको जानकारी दिएका छन् ।

फिल्ममा अर्पण थापा, प्रवीण खतिवडा लगायतका कलाकारको पनि मुख्य भूमिका छ । अर्जुन सुवेदीको निर्देशन रहने यो फिल्म ग्याङस्टर कथावस्तुमा बन्न लागेको जनाइएको छ । सुसन प्रजापतिले फिल्म छायांकन गर्दैछन् । सुसनले खिचेको फिल्म ‘द रेड सुटकेस’को वर्ल्ड प्रिमियर यसैसाता प्रतिष्ठित भेनिस फिल्म फेस्टिभलमा भइसकेको छ ।

यो फिल्मको प्रदर्शन फागुन २५ गते हुने निर्माताले जनाएका छन् । फिल्मलाई प्लानेट थ्री फिल्म्स एण्ड प्याराडाइज पिक्चर्सको ब्यानरमा निर्माण गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?