+
+

युनाइटेड एकता इन्जिनियरिङद्वारा ‘जन्तो’का घरेलु उत्पादन सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १ गते १०:४९

१ असोज, काठमाडौं । प्रसिद्ध भारतीय कम्पनी युनाइटेड एकता इन्जिनियरिङ प्रालिले नेपालमा आफ्नो नयाँ उत्पादन ‘जन्तो’ सार्वजनिक गरेको छ ।

काठमाडौंको बौद्धमा आयोजित एक कार्यक्रमका बीच जन्तोका चिम्नी, कुकटप, मिक्सर, प्यान, कुकर, डिनर वेयरजस्ता विभिन्न आधुनिक घरेलु उत्पादनहरू सार्वजनिक गरिएको हो ।

युनाइटेड र युकुक ब्रान्डका विभिन्न सामग्रीहरू पनि प्रदर्शनमा राखिएको कम्पनीले जनाएको छ ।

नेपाली भान्सामा जन्तोका उत्पादनहरूले उच्च स्थान पाउनुका साथै भान्साको कामलाई सहज र अत्याधुनिक तवरबाट पूरा गर्न मद्दत गर्ने विश्वासका साथ नेपालमा जन्तोलाई ल्याइएको युनाइटेड एकताका अध्यक्ष नावेद अस्रफले बताए ।

कार्यक्रममा डिलरहरूलाई सम्मान तथा रिटेलरहरूलाई चाडपर्वको अवसरमा उपहारको व्यवस्था गरिएको थियो ।

नेपालको लागि एकमात्र आधिकारिक वितरक रेसुङ्गा इन्टरकन्टिनेन्टल प्रालिको माध्यमबाट विभिन्न डिलर र रिटेल पसलहरूमार्फत जन्तोका उत्पादनहरू बजारमा उपलब्ध रहेका कम्पनीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?