+
+

भारत एसिया कपको फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २७ गते ६:४०

२७ भदौ, काठमाडौं । भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोर अन्तर्गत मंगलबार कोलोम्बोमा भएको खेलमा घरेलु टोली श्रीलंकालाई ४१ रनले पराजित गर्दै भारत एक खेल अगावै फाइनल पुग्ने पहिलो टोली बन्यो ।

सुपर फोरमा पहिलो खेलमा पाकिस्तानलाई हराएको भारत लगातार दुई खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा छ । अब भारतले बंगलादेशसँग खेल्न बाँकी छ । बंगलादेश लगातार दुई खेल हारेर यसअघि नै फाइनल होडबाट बाहिरिसकेको छ ।

अब पाकिस्तान र श्रीलंकाबीच हुने खेलबाट फाइनल पुग्ने अर्को टोलीको टुङ्गो लाग्नेछ । यी दुईको विजेताले फाइनलमा भारतसँग भेट पक्का गर्नेछन् ।

कोलोम्बोस्थित आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको भारतले चार बल अगाडि सबै विकेट गुमाएर २१३ रन बनाएको थियो ।

२१४ रनको लक्ष्य पछ्याएको श्रीलंका ४१.३ ओभरमै सबै विकेट गुमाएर १७२ बलमा अलआउट भयो ।

श्रीलंकाका लागि दुनिथ वेलालेजले अलराउण्ड प्रदर्शन गरेपनि जित दिलाउन सकेनन् । भारतलाई अलआउट गर्दा ५ विकेट र २ क्याच लिएका उनले ब्याटिङमा अविजित ४२ रन बनाए । आठौं नम्बरमा ब्याटिङ गरेका उनले ४६ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे । तर अर्को छेउबाट विकेट जाँदा उनले टिमलाई जितसम्म पुर्‍याउन पाएनन् । यस्तै  धनन्जय डि सिल्भाले ४१ तथा चरिथ असलंकाले २२ रन बनाए ।

श्रीलंकालाई भारतका लागि कुलदिप यादवले ४ तथा रविन्द्र जडेजा र जसप्रित बुमराहले समान २ विकेट लिए ।

लगातार तेस्रो दिन खेलिरहेको भारतले त्यसअघि कप्तान रोहित शर्माको अर्धशतक मदतमा २१३  रन बनाएको थियो । उनले ४८ बल खेल्दै  ७ चौका र २ छक्का मद्दतमा ५३ रन बनाए । पहिलो विकेटका लागि रोहितले शुभमन गिलसँग ८० रनको साझेदारी गरेका थिए । त्यसपछि श्रीलंकन बलरले उत्कृष्ट प्रदर्शन गर्दा भारतले ब्याटिङमा संघर्ष गरेको थियो ।

केएल राहुलले ३९, इशन किसनले ३३ र अक्षर पटेलले २६ रन बनाए । थिलले १९ रन जोडे ।

श्रीलंकाका लागि दुनिथ वेलालेजले १० ओभरमा ४० रन खर्चिएर ५ विकेट लिएका थिए । उनले शीर्ष ६ मा ब्याटिङ गरेका मध्ये इशन किसन बाहेक कप्तान शर्मा, ओपनर गिल, पूर्वकप्तान विराट कोहली, केएल राहुल र उपकप्तान हार्दिक पान्ड्यालाई आउट गराएका थिए ।

चरिथ असलंकाले ९ ओभरमा १८ रन मात्र खर्चिएर ४ विकेट लिए । महेश थिक्सनाले १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?