+
+

पाँच खेलको जितविहीन यात्रापछि जर्मनीले फ्रान्सलाई हरायो

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २७ गते ६:४८

२७ भदौ, काठमाडौं । जर्मनीले मैत्रीपूर्ण खेलमा फ्रान्सलाई २-१ ले पराजित गर्दै पाँच खेलको जितविहीन यात्रालाई टुङ्ग्याएको छ ।

लगातार खराब प्रदर्शनपछि मुख्य प्रशिक्षक हान्सी फ्लिकलाई बर्खास्त गरेको जर्मनीले त्यसपछि पहिलो खेलमै जित हात पारेको हो ।

केयर टेकर प्रशिक्षक रुडी भोलरको प्रशिक्षणमा घरेलु मैदान सिगनल इडुना पार्ककमा जर्मनीलाई जित दिलाउन थोमर मुलर र लरेय सानेले गोल गरे । फ्रान्सका लागि एन्टोइन ग्रीजमनले एक गोल फर्काए ।

चौथो मिनेटमै थोमस मुलरले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । सानेले ८७औं मिनेटमा गोल गरी जर्मनीको अग्रता दोब्बर पारे । ८९औं मिनेटमा फ्रान्सले पेनाल्टी पायो र त्यसमा ग्रीजमनले गोल गरे । तर हार टार्न पर्याप्त भएन ।

गत मार्चमा पेरुलाई मैत्रीपूर्ण खेलमा हराएपछि जर्मनीको यो पहिलो जित हो । यसबीचमा जर्मनी बेल्जियम, पोल्याण्ड, कोलम्बिया र जापानसँग पराजित भएको थियो भने युक्रेनसँग बराबरी खेलेको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?