+
+

विराटनगरमा सीमा क्षेत्रबाट ४० किलो गाँजा बरामद

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २७ गते १२:२०

२७ भदौ, विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्र रानीबाट प्रहरीले ४० किलोग्राम गाँजा बरामद गरेको छ ।

मंगलबार राति ४० किलो लागुऔषध गाँजा बरामद गरेको हो ।

विराटनगर महानगरपालिका-१४ स्थित आईसीपी सडकखण्डबाट राति १०:१० बजे को१७प ८६३ नम्बरको मोटरसाइकलमा गाँजा फेला पारेको हो ।

प्रहरीलाई देख्नासाथ मोटरसाइकल छाडेर चालक फरार भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए ।

मोटरसाइकल र गाँजा नियन्त्रणमा लिएको प्रहरीले फरार रहेका चालकको खोजी भइरहेको उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?