+
+

कस्तो छ एप्पलको नयाँ स्मार्ट वाच ?

एजेन्सी एजेन्सी
२०८० भदौ २८ गते ९:५२

अमेरिकी कम्पनी एप्पलले मंगलबार तीनवटा नयाँ स्मार्टवाच सार्वजनिक गरेको छ । सार्वजनिक भएका नयाँ एप्पल वाचमा Apple Watch 9, Apple Watch SE  र Apple Watch Ultra छन्।

एप्पलले लञ्च गरेको नयाँ संस्करणका स्मार्ट घडीमा विभिन्न आकर्षक तथा अत्याधुनिक फिचर्स उपलब्ध छन् ।

त्यसमध्ये एउटा जादूमयी फिचरसमेत रहेको छ जसमा एप्पल वाच नछोइकनै केवल दुईवटा औंलाको इसारामा काम गर्न सकिनेछ ।

एप्पल वाच ९ सिरिज तथा अल्ट्रा २ मा कम्पनीले डबल ट्याप, न्यू हेल्थ ट्रयाकिंग फिचर तथा एक्युरेसी लगायतका फिचर राखेको छ । एप्पल वाच ८ सिरिजको तुलनामा नबौँ सिरिज उत्कृष्ट तथा अत्याधुनिक रहेको छ ।

एप्पल सिरिज ९ मा एप्पलको एस ९ चिपको प्रयोग गरिएको छ । जुन एस ८ चिपसेटको तुलनामा फास्ट छ । प्रयोगकर्ताले स्मार्टवाच प्रयोग गरेर सिरीसँग आफ्नो स्वास्थ्य सम्बन्धी जानकारी माग्न सकिनेछ । सुरुमा यो फिचर अंग्रेजी र चिनिया भाषामा मात्र उपलब्ध हुनेछ ।

जादु जस्तै डबल ट्याप फिचर

एप्पल वाचमा डबल ट्याप फिचर सामेल गरिएको छ, जुन निकै गज्जबको छ । यसबाट प्रयोगकर्ताहरुले चोर औंला र बुढी औंलाले डबल ट्याप गरेर कल रिसिभ गर्नेलगायतका विभिन्न फिचर्स नियन्त्रण गर्न सक्दछन् । यो एप्पल वाच विभिन्न पाँचवटा रङमा उपलब्ध छ ।

एप्पल वाच सिरिज ९ विभिन्न दुईवटा भेरिएन्टमा पेश गरिएको छ, जसमा एउटा ४१ मिलिमिटर र अर्को ४५ मिलिमिटर साइजमा रहेको छ । एप्पल वाच एसई पनि दुईवटा भेरिएन्टमा पेश गरिएको छ, जुन ४० मिलिमिटर र ४४ मिलिमिटर आल्मुनियम केसमा उपलब्ध छ ।

एप्पल वाच ९ सिरिजको डिस्प्लेमा २००० निट्सको पिक ब्राइटनेस रहेको छ । एप्पल वाच सिरिज ९ मा वाच अपरेटिंग सिस्टम १० छिटै नै उपलब्ध हुनेछ ।

त्यस्तै एप्पल वाच अल्ट्रा २ मा पनि ९ सिरिजमा जस्तै डबल ट्याप फिचर रहेको छ । यसको डिस्प्लेमा ३००० निट्सको पिक ब्राइटनेस रहेको छ भने एस ९ चिप रहेको छ । यो स्मार्टवाचले रियल टाइममा अक्षांस र देशान्तरको जानकारी दिन्छ । विश्व बजारमा एप्पलका यी नयाँ स्मार्टवाच सेप्टेम्बर २२ देखि उपलब्ध हुनेछन् ।

एप्पल वाच सिरिज ९ को सुरुआती मूल्य ३९९ डलर रहेको छ भने अल्ट्रा २ मोडेलको मूल्य ७९९ डलर रहेको छ ।

लेखकको बारेमा
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?