+
+

करेन्ट नुडल्सको ब्राण्ड एम्बेस्डरमा नायिका केकी अधिकारी

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २८ गते २०:१९

काठमाडौं । नायिका केकी अधिकारी करेन्ट नुडल्सको ब्राण्ड एम्बेस्डर बनेकी छिन् । बिहीबार काठमाडौंको हायत प्यालेसमा भएको एक कार्यक्रममा उनी ब्राण्ड एम्बेस्डर घोषणा भएकी हुन् ।

यशोधा फुड्सको प्रबन्ध निर्देशक चुनप्रसाद पौडेल, निर्देशक नरेश्वर पौडेल, प्रमुख कार्यकारी अधिकृत जीवराज जैन लगायतको उपस्थितिमा फुड्सले नायिक अधिकारीलाई ब्राण्ड एम्बेस्डर घोषणा गरेको हो । नायिका अधिकारी सन २०१७ सालदेखि फुड्सका उत्पादनको प्रवर्द्धनमा काम गरिरहेकी थिइन् ।

पिरो चाउचाउको रुपमा चर्चित भएको करेन्टले अहिले चिजबल, चिप्स, पोट्याटो स्टिक्स, लगायतको उत्पादन बजारमा ल्याएको छ ।

प्रबन्ध निर्देशक पौडेले गत आर्थिक वर्षमा ५ अर्ब भन्दा बढी कारोबार गरेको बताएका छन् । उनले यसोधा फुड्स करेन्ट उत्पादनहरु अमेरिका, युरोप सहित विश्वका २० भन्दा धेरै मुलुकमा निर्यात भइरहको समेत बताए ।

कपिलवस्तुको चनौटमा नयाँ उद्योग खोल्ने तयारी गरेको भन्दै पौडेलले नेपाली किसान मार्फत नै अकबरे खुर्सानीबाट पिरोको प्रयोग हुने दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?