+
+

सुवास नेम्वाङको सम्झनामा एमालेले सातै प्रदेशमा विचार गोष्ठी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते १७:०६

२९ भदौ, काठमाडौं । नेकपा एमालेले सुवास नेम्वाङको सम्झनामा सातै प्रदेशमा विचार गोष्ठी गर्ने भएको छ ।

आगामी २ असोजमा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ शीर्षकमा विचार गोष्ठी गर्ने कार्यक्रम तय भएको केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले बताए ।

उनका अनुसार, श्रद्धाञ्जलीमा हुने विचार गोष्ठीमा अरु दलका नेताहरुलाई पनि बक्ताका रुपमा बोलाइनेछ ।

राजधानी काठमाडौंमा अध्यक्ष केपी शर्मा ओली आफै प्रमुख बक्ता रहनेछन् भने बाँकी प्रदेशमा पार्टी उपाध्यक्षहरुलाई जिम्मेवारी पठाइएको छ ।

कोशीमा उपाध्यक्ष रामबहादुर थापा बादल, मधेशमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, गण्डकीमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा उपाध्यक्ष युवराज ज्ञवाली, कर्णालीमा उपाध्यक्ष सुरेन्द्र पाण्डे र सुदूरपश्चिममा उपाध्यष विष्णु पौडेल मुख्य बक्ता रहनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?