+
+

संविधान दिवसमा यसपालि विभूषण वितरण नहुने

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते १८:३९

२९ भदौ, काठमाडौं । सरकारले यसपटक संविधान दिवसको अवसरमा विभूषण वितरण नगर्ने भएको छ ।

मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । साथै विभूषण वितरणलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुन समेतको अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय समेत गरेको छ ।

कार्यदललाइ तीन महिना समय दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?