+
+

‘थ्रेटकन-२०२३’ सम्पन्न, ‘क्याम्चर द फ्ल्याग’ प्रतियोगिताको शीर्ष ५ मा सफ्टवेरिका

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ २९ गते १८:५५

काठमाडौं । ह्याकरहरूको सम्मेलन ‘थ्रेटकन थ्रेट्कन-२०२३’ सम्पन्न भएको छ । साइबर सुरक्षा फर्म थ्रेटनिक्सले २५-२७ भदौसम्म यो कार्यक्रम आयोजना गरेको जनाएको छ ।

काठमाडौंको होटल याक एन्ड यतिमा भएको तीन दिने कार्यक्रममा ह्याकरको वर्कशप, सम्मेलन तथा विभिन्न कार्यक्रमहरू भएका थिए । जसमध्ये ‘क्याम्चर द फ्ल्याग’ (सीटीएफ) प्रतियोगिता पनि एक हो ।

उक्त प्रतियोगितामा विभिन्न कलेज तथा आईटी कम्पनीहरूलाई प्रतिनिधित्व गर्दै कुल ३८ समूहको सहभागी रहेको थियो । जसमध्ये उत्कृष्ट पाँच समूहमा सफ्टवेरिका कलेजका विद्यार्थीहरू पनि पर्न सफल भए ।

प्रथम हुने समूहले १० हजार रुपैयाँ नगद पुरस्कार र १६०० डलर (करिब २ लाख १४ हजार रुपैयाँ) बराबरको ओएससीपी प्रमाणपत्र (पीईएन २०० कोर्ष, ल्याबमा ९० दिनको पहुँच र परीक्षा) प्राप्त गर्न सफल भए ।

दोस्रो हुने समूहले साढे सात हजार रुपैयाँ नगद सहित २०३ डलर (करिब २७ हजार) बराबरको प्रतिष्ठित दी बक्स (एचटीबी) को एक वर्षसम्म भीआईपी पहुँच र छ महिनाका लागि १६८ डलर (करिब २२ हजार रुपैयाँ) बराबरको दुई ओटा भीआईपी सब्सक्रिप्सन हात पारे ।

त्यसैगरी तेस्रो हुने समूहले पाँच हजार नगद पाए । साथै याक दी बक्सको एक वर्षसम्म भीआईपी पहुँच र छ महिनाका लागि ८४ डलर (करिब ११ हजार रुपैयाँ) बराबरको एउटा भीआईपी सब्सक्रिप्सन पाए ।

वार्षिक रूपमा आयोजना हुने यो कार्यक्रम साइबर सुरक्षा र ह्याकिङमा रुचि राख्नेहरूको रुचिको केन्द्र बनेको आयोजकको बुझाइ छ ।

धेरै विविधता बोकेको यस कार्यक्रमले विभिन्न क्षेत्रकालाई समेत आकर्षित गर्ने विश्वास गरिएको छ । जसका कारण विश्वचर्चित ‘ब्ल्याकह्याट’, ‘डेफ कन’ जस्ता साइबर सुरक्षा कार्यक्रमहरू जस्तै थ्रेटकनले पनि आफ्नो पहिचान जारी राखेको छ । जुन यो पटकको पाँचौ संस्करणमा पनि जारी भयो ।

आयोजकका अनुसार नेपालमा साइबर सुरक्षा सम्बन्धी यस्ता प्रतियोगिताहरु आयोजना गर्नाले युवाहरूलाई यस क्षेत्रमा आउन र विशेषज्ञता हासिल गर्न सहयोग पुग्ने विश्वास छ । यस्ता कार्यक्रमहरूले उनीहरूलाई समस्या समाधान गर्ने सीप सिकाउने, साइबर सुरक्षा सम्बन्धी बुझाइ विकास गर्ने, साइबर सुरक्षा चुनौतीहरूका लागि तयारी गराउने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?