+
+

अजय देवगणको ‘सिंघम अगेन’को छायांकन सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३१ गते १४:०३

काठमाडौं । अजय देवगणको शीर्ष भूमिका रहने फिल्म ‘सिंघम अगेन’को छायांकन सुरु भएको छ । फिल्मको मुहूर्तमा निर्देशक रोहित शेट्टी, अजय र रणवीर सिंह उपस्थित थिए । रोहित शेट्टीको कप युनिभर्समा यो पाँचौं फिल्म हुनेछ ।

यस ब्रह्माण्डको पहिलो फिल्म ‘सिंघम’ सन् २०११ मा रिलिज भएको थियो । त्यसपछि सिंघम रिटर्न्स, सिम्बा र सूर्यवंशीजस्ता फिल्म रिलिज भए । रोहित शेट्टीले १२ वर्षअघि ‘सिंघम’ बनाएका थिए । ‘त्यसबेला मैले सोचेको थिइनँ कि एक दिन यसले कप-युनिभर्सको रुप लिन्छ,’ उनले भने ।

फिल्मका शीर्ष अभिनेता देवगणले सामाजिक सञ्जालमा लेखेका छन्, ‘१२ वर्षअघि हामीले भारतीय सिनेमालाई सबैभन्दा ठूलो कप-युनिभर्स दियौं । तपाईंहरुको माया र साथले सिंघम परिवार ठूलो हुँदै गयो । आज हामी सिंघम अगेनसँग हाम्रो फ्रेन्चाइजीलाई अगाडि बढाउँदैछौं ।’

‘सूर्यवंशी’ अभिनेता अक्षय कुमारले लेखेका छन्, ‘म अहिले देशमा छैन । यो फ्रेममा नपरे पनि मेरो उत्साहमा कमी आएको छैन । सेटमा तपाईंहरू सबैसँग सामेल हुन धेरै उत्साहित छु । सबैलाई मेरो शुभकामना । जय महाकाल ।’

रणवीर सिंहले लेखेका छन्, ‘शुभारम्भ, म रोहित शेट्टीको कप-युनिभर्समा फेरि मेरो लोकप्रिय पात्रलाई निर्वाह गर्न तयार छु । तपाईंहरुको माया र आशिर्वाद चाहिन्छ ।’

फिल्म निर्देशक शेट्टीले लेखेका छन्, ‘सिंघम, सिंघम रिटर्न्स, सिम्बा र सूर्यवंशी । जब हामीले १२ वर्षअघि सिंघम बनायौं, हामीले कहिल्यै सोचेका थिएनौं कि एक दिन यसले कपयुनिभर्सको रुप लिन्छ ।’ आज हामी हाम्रो पुलिस फ्रेन्चाइजको पाँचौं फिल्म सिंघम अगेनको छायांकन सुरु गर्दैछौं । यसका लागि हामी आफ्नो ज्यान बलिदान गर्नेछौं । केवल तपाईंको माया र प्रार्थनाको खाँचो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?