+
+

नाउपा सुदूरपश्चिम संसदीय दलका नेताले ऐन विपरीत प्रयोग गरिरहेको गाडी गरे फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ ३१ गते १६:४१

३१ भदौ, धनगढी । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता घनश्याम चौधरीले ऐन विपरीत प्रयोग गरिरहेको गाडी फिर्ता गरेका छन् ।

प्रदेशसभाको सार्वजनिक लेखा समितिको निर्देशनपछि चौधरीले प्रदेशसभा सचिवालयलाई गाडी फिर्ता गरेका हुन् ।

प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीले चौधरीले गाडी सचिवालयलाई फिर्ता गरेको पुष्टि गरेका छन् । चौधरीले सभामुुख भीमबहादुर भण्डारीलाई आफूले प्रयोग गर्दै आएको गाडीको चाबी फिर्ता गरेका हुन् ।चौधरीले

गाडी फिर्ता गरे पनि नेकपा माओवादी केन्द्र संसदीय दलका नेता खगराज भट्ट र नेकपा एकीकृत समाजवादी पार्टीका दीर्घबहादुर सोडारीले भने फिर्ता नगरेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

लेखा समितिले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सेवासुविधा सम्बन्धी पहिलो संशोधन ऐन २०७९ विपरीत सत्तारुढ दलका नेताले गाडी प्रयोग गरिरहेको भन्दै फिर्ता गर्न निर्देशन दिएको थियो । ऐनको दफा ६ उपदफा १ को मा दलका नेतालाई गाडी सुविधाको व्यवस्था गरेको भए पनि ऐनमा अनुसूची १ मा भने उक्त व्यवस्था नराखिएपछि समितिले प्रश्न उठाएको थियो ।

मुख्यमन्त्री कमलबहादुर शाहले ऐन संशोधन गरेर दलका नेतालाई गाडी सुविधा दिने गरी छलफल अघि बढाएका बेला नाउपाका दलका नेताले गाडी फिर्ता गरेपछि सरकार पछि हट्नुपर्ने दबाबमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?