+
+

निजीतर्फ केएमसीलाई उत्कृष्ट कलेजको सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २ गते १७:२८

काठमाडौं । काठमाडौं मोडेल कलेज (केएमसी) नेपालभरका निजी कलेजहरूमध्येबाट उत्कृष्ट कलेजका रूपमा सम्मानित भएको छ ।

काठमाडौंको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा राष्ट्रिय शिक्षा दिवस २०८० को अवसरमा आयोजित कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले कलेजलाई सम्मान गरेका हुन् ।

उच्चशिक्षामा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका देशभरका कलेजहरूमध्ये यस वर्ष तीन वटा कलेजहरू सम्मानित भएका हुन् । सम्मानित हुने कलेजहरूमा सरकारी आङ्‍गिक कलेजहरूमध्येबाट पुल्चोक इन्जिनियरिङ क्याम्पस, सामुदायिक कलेजहरूमध्येबाट लुम्बिनी वाणिज्य क्याम्पस, बुटवल र निजी कलेजहरूमध्येबाट काठमाडौं मोडेल कलेज उत्कृष्ट कलेजका रूपमा सम्मानित भएका हुन् ।

काठमाडौं मोडेल कलेजले स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षण सिकाइको प्रयोगात्मक प्रवर्द्धन गर्दै आइरहेको छ । यसैकारण विश्वविद्यालय अनुदान आयोगले १४ चैत २०७९ मा काठमाडौं मोडेल कलेजलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाणित गरेको छ । यो प्रमाणीकरणसँगै केएमसीका विद्यार्थीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका उत्कृष्ट विश्वविद्यालयहरूमा अध्ययन गर्न तथा छात्रवृत्तिका लागि विशेष अवसर प्राप्त गर्न सक्ने छन् ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा हाल स्नातक र स्नातकोत्तर तहमा विभिन्न विषयहरूको पठनपाठन हुने गर्दछ । स्नातकोत्तर तहमा एमए अङ्ग्रेजी र एमबीएस व्यवस्थापनका विषयहरू सञ्चालित छन् । स्नातक तहतर्फ भने व्यवस्थापन सङ्कायअन्तर्गत बीबीए, बीबीएम र बीबीएस्का कक्षाहरूमा अध्यापन हुने गर्दछ । साथै मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत बीए मनोविज्ञान, बीए सामाजिक कार्य, बीए अङ्ग्रेजी विषयमा अध्ययन अध्यापन हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?