+
+

अभ्यासमा आधारित शिक्षामा ‘अब्बल’ बन्दै केएमसी

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २३ गते १३:१९

कुनै पनि पाठ पढाउने र प्रश्नोत्तर गराउने भन्दा अभ्यासमा आधारित रहेर पठनपाठन गराउने गरेको केएमसीले यस किसिमको पठन विधिबाट विद्यार्थीले जीवनोपयोगी कुरा सिक्ने जनाएको छ ।

काठमाडौं । नेपालको शैक्षिक पद्धतिमाथि सबैभन्दा बढी गरिने गुनासो हो- ‘हाम्रो पढाइ सैद्धान्तिक भयो ।’ पाठ्यपुस्तक, पठन विधिमाथि यस्तो प्रश्न बारम्बार उठ्ने गर्छ । यद्यपि, पछिल्लो समय कतिपय विद्यालयले यसलाई परिमार्जन गर्दै समयानुकूल पठनपाठन गराउने प्रयास गरिरहेका छन् । यसको पछिल्लो अब्बल उदाहरण हो, काठमाडौं मोडेल सेकेन्डरी स्कुल (केएमसी) ।

२०७४ सालमा शिक्षा मन्त्रालयबाट निजीतर्फ देशकै उत्कृष्ट माविका रूपमा सम्मानित भएको केएमसीले पठनविधि प्रभावकारी र व्यावहारिक बनाउन प्रयोगमा आधारित अभ्यास गराउँदै आएको प्रिन्सिपल डा. नगेन्द्रबहादुर अर्याल बताउँछन् ।

‘यसले गर्दा विद्यार्थीहरूले पढेका कुनै पनि विषय सहज ग्रहण र स्मरण गर्न सक्छन्,’ प्रिन्सिपल अर्याल भन्छन् ।

त्यसो त पढाइ मात्र होइन, विद्यार्थीको रुचिअनुसार खेल, साहित्य, कला, मनोरञ्जन क्षेत्रमा पनि उनीहरूलाई प्रेरित गरिन्छ । केएमसीले विभिन्न रुचि र क्षमता भएका विद्यार्थीलाई सोहीअनुरूप अनुकूल वातावरण व्यवस्था गरिदिएको छ ।

‘यो विधिबाट पढाउँदा विद्यार्थीहरू विश्वको रोजगार बजारमा प्रतिस्पर्धा गर्न सक्ने र योग्य मात्र हुँदैनन्,’ प्रिन्सिपल अर्याल थप्छन्, ‘आफू स्वयं कुनै न कुनै क्षेत्रबाट ख्याति आर्जन गर्न सक्षम हुन्छन् ।’

अभ्यासमा आधारित प्रविधिमैत्री पठन विधि

कुनै पनि पाठ पढाउने र प्रश्नोत्तर गराउने भन्दा अभ्यासमा आधारित रहेर पठनपाठन गराउने गरिएको प्रिन्सिपल अर्याल बताउँछन् । यस किसिमको पठन विधिबाट विद्यार्थीले जीवनोपयोगी कुरा सिक्ने उनको भनाइ छ ।

‘हामी किताबको कुरामा मात्र विद्यार्थीलाई सीमित गर्दैनौं,’ अर्याल भन्छन्, ‘उनीहरूले कुनै पनि कुरालाई कसरी बुझ्छन्, सिक्छन् र जीवनमा उपयोग गर्छन् भन्ने कुरामा जोड दिन्छौं ।’

अभ्यासमा आधारित र प्रविधिमैत्री शिक्षाकै कारण चिकित्सा शिक्षा आयोग, इन्जिनियरिङ अध्ययन संस्थानजस्ता संस्थाले सञ्चालन गर्ने प्रतिस्पर्धात्मक प्रवेश परीक्षामा पूर्णछात्रवृत्ति पाउनेमध्ये केएमसीका विद्यार्थीहरू अग्रस्थानमा आउन सफल भइरहेको उनको दाबी छ ।

विगत पाँच वर्षमा यी संस्थाले सञ्चालन गरेका प्रवेश परीक्षाको नतिजा नियाल्ने हो भने केएमसीले निरन्तर आफूलाई अग्रपंक्तिमा उभ्याउँदै आएको छ ।

‘अभ्यासमा आधारित रहेर प्रविधिमैत्री शिक्षा प्रदान गर्नु हाम्रो आफ्नै विशेषता हो,’ प्रिन्सिपल अर्याल थप्छन्, ‘यसले कक्षा कोठामा सिकाएका कुरा प्रभावकारी हुन्छ र व्यावहारिक जीवनमा उपयोगी पनि हुन्छ ।’

गत वर्ष चिकित्सा शिक्षा आयोगले लिएको स्नातक तहको एकीकृत प्रवेश परीक्षामा केएमसीका ३३ जनाले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । त्यसैगरी इन्जिनियरिङ अध्ययन संस्थानले शैक्षिक सत्र २०८०-८१ स्नातक (बीई, बीआर्क) तहका लागि गत १४ देखि २० कात्तिकसम्म सञ्चालन गरेको प्रवेश परीक्षामा केएमसीका ४९ जनाले नियमिततर्फ पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन् । पछिल्ला ४-५ वर्षदेखिका नतिजामा केएमसी अग्रपंक्तिमा देखिएको छ । जसले एमबीबीएस अथवा इन्जिनियरिङमा छात्रवृत्तिमा नाम निकाल्न केएमसी पढ्नुपर्छ भन्ने मान्यता विद्यार्थीमा विकास हुन थालेको प्रिन्सिपल अर्यालको दाबी छ ।

चिकित्सा शिक्षा तथा इन्जिनियरिङ बाहेक कानुन तथा विश्वका ख्यातिप्राप्त विश्वविद्यालयमा छात्रवृत्तिसहित अध्ययन सुविधामा पनि विद्यार्थीले उत्कृष्टता हासिल गरिरहेको केएमसी कलेजको दाबी छ ।

‘हामीले कुन क्षेत्रमा विद्यार्थी जान चाहन्छन् त्यहीअनुसार सिकाउँछौं । जसले गर्दा उनीहरुले रुचाएको क्षेत्रमा जान सहज भइरहेको छ,’ प्रिन्सिपल अर्याल भन्छन् ।

कलेजको पढाउने तथा सिकाउने शैली, प्रविधिमैत्री भएकै कारण केएमसी रोज्ने, पूर्वविद्यार्थीहरूले आफ्ना  भाइबहिनी तथा आफन्तलाई सिफारिस गर्ने क्रम बढ्दो रहेको छ ।

अतिरिक्त क्रियाकलापमा प्रेरित

वर्तमान युग सुहाउँदो जनशक्ति उत्पादन गर्न कलेजले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिंदै आएको छ । पढाइबाहेक उनीहरूका रुचिअनुसारका क्षेत्रमा क्षमता विकास गर्न प्रोत्साहित गर्नुका साथै त्यसका लागि आवश्यक वातावरण तयार गर्ने काम विद्यालयले गरेको छ ।

‘हामी विद्यार्थीको सर्वाङ्गीण विकास हुनुपर्छ भन्नेमा विश्वास गर्छौं । पढाइसँगै अतिरिक्त क्षमता विकास गर्न प्रेरित गर्ने मात्रै नभएर सघाउँछौं,’ प्रिन्सिपल अर्याल भन्छन्, ‘अतिरिक्त क्रियाकलापमार्फत विद्यार्थीको लुकेको कला प्रस्फुटन हुने मौका मिल्छ ।’

अतिरिक्त कार्यक्रमका लागि कलेजमा विभिन्न क्लब पनि गठन गरिएको छ । शैक्षिक समूहका प्रतिनिधिले कुन शैक्षिक समूहका विद्यार्थीलाई कस्ता कार्यक्रम आवश्यक छ भन्ने पहिचान गर्छन् । अतः त्यही अनुसार कार्यक्रम डिजाइन गरेर कार्यान्वयन गर्न कलेजको क्लबलाई जिम्मेवारी दिइन्छ ।

विद्यार्थीले आफ्नो क्षमता र रुचिअनुसार क्लबमा गएर आफूलाई थप निखार्न सक्छन् । सम्बन्धित शिक्षकले विद्यार्थीलाई सहयोग गर्छन् । जस्तो, स्पोर्ट्स क्लब, सोसल सर्कल, केएमसी कर्पोरेट रिचआउट ग्रुप, केएमसी अलुम्नाई रिचआउट, केएमसी अलुम्नाई एसोसिएसन लगायत छन् । यसरी विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पढाइका अतिरिक्त विभिन्न गतिविधि पनि सञ्चालन गरिने भएकाले केएमसी विद्यार्थीहरूको रोजाइमा परेको अर्याल बताउँछन् ।

त्यसो त पढाइ मात्र होइन, विद्यार्थीको रुचिअनुसार खेल, साहित्य, कला, मनोरञ्जन क्षेत्रमा पनि उनीहरूलाई प्रेरित गरिन्छ । विद्यालयले विभिन्न रुचि र क्षमता भएका विद्यार्थीलाई सोही अनुरूप अनुकूल वातावरण व्यवस्था गरिदिएको छ । विद्यार्थीको सर्वाङ्गीण विकासमा सहयोग पुगोस् भनेर विद्यालयले खेल, मनोरञ्जन, कला आदिलाई प्राथमिकता दिएको हो ।

बढ्दो आकर्षण

नेपालको शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान दिंदै आएका निजी शैक्षिक संस्थामध्ये एक हो, काठमाडौं मोडेल सेकेन्डरी स्कुल (केएमसी) । दुई दशकदेखि सञ्चालनमा रहेको केएमसी तत्कालीन प्लस टु अहिलेको माध्यमिक तह अर्थात् कक्षा ११ र १२ का विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिन खुलेको स्कुलमा विद्यार्थी आकर्षण बढ्दो छ ।

तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् तथा हालको राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने बोर्ड परीक्षामा शतप्रतिशतसम्म नतिजा प्राप्त गरेर मात्र होइन, पटक-पटक बोर्ड फर्स्ट भएर समेत केएमसीका विद्यार्थीले आफूलाई अब्बल दर्जाको विद्यार्थीका रूपमा चिनाएका छन् । जसले केएमसीप्रतिको आकर्षणलाई बढाउने काम गरेको छ ।

केएमसीले प्रभावकारी शिक्षण सिकाइ र सिकाइ अनुकूल शैक्षिक वातावरणका कारण शिक्षा क्षेत्रमा अलग पहिचान बनाएको छ । आधुनिक तथा प्रविधिमैत्री शिक्षाका कारण अग्रस्थानमा रहन सफल भएको केएमसीको दाबी छ । बिहानी र दिउँसो गरी दुई ‘सिफ्ट’ मा पढाइ हुने गरेको छ ।

अन्तर्राष्ट्रिय गुणस्तर मापदण्ड (आईएसओ) चिह्न प्राप्त गरेको केएमसी कलेजका अभ्यासमा आधारित शिक्षा, सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलाप, विद्यार्थीमैत्री वातावरण, पर्याप्त शैक्षिक सामग्री, दक्ष तथा अनुभवी शिक्षक-शिक्षिकाका कारण केएमसी विद्यार्थीको रोजाइ बन्दै गइरहेको प्रिन्सिपल अर्याल बताउँछन् ।

 

केएमसीमा उपलब्ध सुविधा

होस्टल तथा डे बोर्डर्स

केएमसीले कक्षा ११ र १२ का विद्यार्थी केन्द्रित छात्रावास (होस्टल)को सुविधा दिंदै आएको छ । कक्षा १० उत्तीर्ण गरेपछि कक्षा ११, १२ पढ्नकै लागि काठमाडौं आउने विद्यार्थीको आवश्यकता हेरेर घरेलु वातावरणको होस्टल सञ्चालन गरिरहेको छ ।

छात्रछात्राका लागि छुट्टाछुट्टै ४०० बेड क्षमताको आरामदायी होस्टलमा स्वस्थ्य तथा ताजा खानाको सुविधा छ । होस्टलमा आवश्यकताअनुसार अध्ययन सहयोग हुने, खेलकुद तथा मनोरञ्जनको समेत सुविधा उपलब्ध छ ।

साथै, घरमा अभिभावकले समय दिन नसक्ने, पढ्न सहयोगको आवश्यकता भएका विद्यार्थीका लागि केएमसीले डे बोडर्सको पनि सुविधा दिने गरेको छ ।

खाजाघर (क्याफेटेरिया)

केएमसीमा विद्यार्थीका लागि खाजाघर पनि सञ्चालनमा छ । विद्यार्थीलाई भोक लागेका बेला स्कुल बाहिर गएर महंगो मूल्य तिरेर खाँदा समय, पैसा खर्चको बचत गर्न स्कुलभित्रै खाजाघरको व्यवस्था गरिएको हो । जहाँ खाजा, खाना, चिया, कफी विद्यार्थी लक्षित सुपथ मूल्यमा खान पाइन्छ । हरेक दिन नयाँ तथा फरक स्वादको खाजा, खाना उपलब्ध हुन्छ ।

पुस्तकालय (लाइब्रेरी)

विद्यार्थीका लागि विज्ञान तथा कम्प्युटर ल्याबको सुविधा उपलब्ध छ । इन्टरनेटसहित ल्याब सुविधाले विद्यार्थीको पढाइ, सिकाइलाई अझ प्रभावकारी बनाउँछ । ल्याबमा आधुनिक सफ्टवेयर जडित कम्प्युटर तथा आधुनिक यन्त्रसहित विज्ञान ल्याब सुविधा छ ।

विद्यालयमा विद्यार्थीका लागि आधुनिक पुस्तकालयको व्यवस्था छ । शैक्षिक सामग्री, सम्बन्धित पाठ्यपुस्तक, मनोरञ्जनमूलक पाठ्यपुस्तक, ई–लाइब्रेरी लगायत सुविधा छ ।

सभाकक्ष तथा अडिटोरियम हल

विद्यालयमा विभिन्न कार्यक्रम गर्न २०० सिट क्षमताको सेमिनार हल छ । जहाँ विद्यार्थीले पढाइसम्बद्ध कार्यक्रम, छलफल तथा अतिरिक्त क्रियाकलापका विभिन्न कार्यक्रम गर्न सक्छन् ।

साथै, विद्यालयमा विद्यार्थीका विभिन्न गतिविधि सञ्चालन गर्नका लागि डार्करुम तथा अडिटोरियम हल पनि छ । जहाँ विद्यार्थीले नाटक मञ्चन गर्नेदेखि विभिन्न ज्ञानबर्द्धक सामग्री हेर्ने गर्छन् ।

स्वास्थ्य सेवा

स्कुलमा विद्यार्थीका लागि स्वास्थ्य सेवा पनि उपलब्ध छ । आधारभूत स्वास्थ्य सामग्री, आवश्यकता अनुसार प्राथमिक स्वास्थ्य जाँच सुविधा छ भने आवश्यकताअनुसार नर्स हेरचाह पनि दिइएको छ ।

यातायात सुविधा

केएमसीले बिहानी कक्षामा पढ्न आउने विद्यार्थीका लागि यातायात सुविधा पनि दिने गरेको छ । विभिन्न १० रुटबाट काठमाडौं तथा भक्तपुरका विद्यार्थीलाई यातायात सुविधा उपलब्ध गराइएको छ ।

अत्याधुनिक प्रयोगशाला

काठमाडौं मोडेल माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीलाई सैद्धान्तिक मात्र नभई प्रायोगिक ज्ञानमा पनि उत्तिकै जोड दिंदै आएको छ । यहाँ विज्ञान विषय पढ्ने विद्यार्थीका लागि फिजिक्स, केमेस्ट्री, बायोलोजी र कम्प्युटर साइन्स तथा व्यवस्थापन विषय पढ्नेलाई होटल म्यानेजमेन्ट र कम्प्युटर विज्ञानका अत्याधुनिक प्रयोगशाला सञ्चालनमा छन् ।

अन्तर्राष्ट्रिय मापदण्डका अत्याधुनिक भवन र कक्षाकोठा

केएमसीले आफ्ना शैक्षिक गतिविधि सञ्चालन गर्न अत्याधुनिक भवन तथा कक्षाकोठा प्रयोग गर्दै आएको छ । लिफ्टजडित भवनमा रहेका कक्षाकोठामा एसीसमेत जडान गरिएको छ । हरेक कक्षाकोठामा प्रोजेक्टर र साउन्ड सिस्टम रहेका कारण कलेजले स्मार्टबोर्ड समेत राखेको छ । अत्याधुनिक र सुविधा सम्पन्न फर्निचरमा बसेर विद्यार्थीले सिक्ने अवसर पाउँछन् ।

प्रिमेडिकल, प्रिइन्जिनियरिङ र प्रिसीए तथा प्रिबीबीए कक्षा सञ्चालन

केएमसीले आफ्ना विद्यार्थीका लागि कक्षा ११ मा भर्ना भएदेखि नै मेडिकल, इन्जिनियरिङ, सीए र बीबीएतर्फ जाने विद्यार्थी पहिचान गरी उनीहरूका लागि विशेष अतिरिक्त कक्षा सञ्चालन गर्दै आएको छ ।

कक्षा १२ को वार्षिक परीक्षापछि सञ्चालन हुने प्रतिस्पर्धात्मक प्रवेश परीक्षा केन्द्रमा राखेर सञ्चालन हुने यस्ता कक्षाले विद्यार्थीहरू विशेष लाभान्वित हुने गरेको कलेजले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?