+
+
Shares

२५ विद्यार्थीलाई विशेष छात्रवृत्ति दिने केएमसी बागबजारको घोषणा

अध्यक्ष अर्यालले विद्यालयको समृद्ध इतिहास र भविष्यप्रतिको प्रतिबद्धताबारे प्रकाश पार्दै विद्यालयले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको ऐतिहासिक अवसरमा ‘सिल्भर जुब्ली छात्रवृत्ति’ कार्यक्रम अन्तर्गत २५ मेधावी विद्यार्थीका लागि विशेष छात्रवृत्तिको घोषणा गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १५ गते १८:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं मोडेल माध्यमिक विद्यालयले आफ्नो २५औं वर्षको अवसरमा २५ मेधावी विद्यार्थीलाई विशेष छात्रवृत्ति दिने घोषणा गर्‍यो।
  • विद्यालयले रजत जयन्ती वर्षका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दैछ र पूर्वविद्यार्थीहरूलाई भर्नामा विशेष व्यवस्था गरेको छ।
  • कार्यक्रममा विद्यालयले आफ्नो समृद्ध इतिहास र भविष्यप्रतिको प्रतिबद्धता व्यक्त गर्दै विद्यार्थीहरूको अनुभव र सांगीतिक प्रस्तुतिहरू समावेश गरियो।

काठमाडौं । काठमाडौं मोडेल माध्यमिक विद्यालय (केएमसी) बागबजारले आफ्नो स्थापनाको २५औं वर्षका अवसरमा २५ जना विद्यार्थीलाई विशेष छात्रवृत्ति दिने घोषणा गरेको छ ।

विद्यालयले यस वर्षलाई रजत जयन्ती वर्षका रूपमा मनाउन विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ ।

यसैअन्तर्गत केएमसीबाट कक्षा ११ र १२ उत्तीर्ण भई हाल काठमाडौंका विभिन्न मेडिकल कलेजहरूमा चिकित्साशास्त्र अध्ययनरत करिब ४ सय पूर्वविद्यार्थीहरूको उपस्थितिमा आयोजित भेटघाट तथा पुनर्मिलन कार्यक्रममा विद्यालय व्यवस्थापन तथा सञ्चालक समिति अध्यक्ष रामेश्वर अर्यालले उक्त
घोषणा गरेका हुन् ।

अध्यक्ष अर्यालले विद्यालयको समृद्ध इतिहास र भविष्यप्रतिको प्रतिबद्धताबारे प्रकाश पार्दै विद्यालयले आफ्नो स्थापनाको २५ वर्ष पूरा गरेको ऐतिहासिक अवसरमा ‘सिल्भर जुब्ली छात्रवृत्ति’ कार्यक्रम अन्तर्गत २५ मेधावी विद्यार्थीका लागि विशेष छात्रवृत्तिको घोषणा गरे ।

उनले उक्त छात्रवृत्ति अन्तर्गत छनोट भएका विद्यार्थीहरूले वार्षिक शुल्क स्वरूप २५ हजार रुपैयाँमात्र बुझाउनुपर्ने छ, जुन अत्यन्त सहुलियतपूर्ण व्यवस्था भएको बताए ।

साथै, उनले पूर्वविद्यार्थीहरूले आफ्ना भाइबहिनीलाई विद्यालयमा भर्ना गराए भर्नामा विशेष ग्राह्यता दिने व्यवस्था गर्ने समेत जानकारी दिँदै विद्यालयलाई भावी पुस्ताका लागि पनि पढाउनयोग्य संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।

विद्यालय व्यवस्थापन तथा सञ्चालक समिति अध्यक्ष अर्यालको अध्यक्षतामा सम्पन्न औपचारिक कार्यक्रममा विद्यार्थीहरूले विद्यालयमा प्राप्त शिक्षाले जीवनमा पुर्‍याएको योगदानबारे आफ्ना अनुभव साटासाट गरेका थिए ।

कार्यक्रममा काठमाडौं मेडिकल कलेजका भाइस प्रिन्सिपल डा. सुशील पोख्रेल, पूर्वविद्यार्थी मञ्चका अध्यक्ष डा. अच्युतशाली घिमिरे, पाटन अस्पतालका डा. रमन अर्याल, आर्मी मेडिकल कलेजका प्रतिनिधि विद्यार्थी प्रतीक सिलवाल, चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जका समृद्धि डुम्रे र द्रोण पौडेल तथा विद्यालयका प्राचार्य डा. नगेन्द्र अर्याल लगायत विशिष्ट व्यक्तित्वले मन्तव्य व्यक्त गरेका थिए ।

प्राचार्य डा. अर्यालले विद्यालयले आफ्ना विद्यार्थीहरूको जीवनभरिको साथी बन्ने लक्ष्य राखेको उल्लेख गरे । कार्यक्रमलाई अझ सजीव बनाउँदै विद्यालय तथा पूर्वविद्यार्थीहरूका तर्फबाट सांगीतिक र सांस्कृतिक प्रस्तुति समेत समावेश गरिएका थिए ।

विद्यालयका परीक्षा संयोजक डीडी अधिकारीले सञ्चालन गरेको उक्त कार्यक्रममा सहभागी पूर्वविद्यार्थीहरूले विद्यालयले प्रदान गरेको अनुशासन, मिहिनेत र परिश्रमको शिक्षाले नै आज आफूहरू सफल भएको अनुभव सुनाउँदै विद्यालयप्रति आभार व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?