+
+

रोयल एन्तवर्पको पोष्टमा बार्सिलोनाको ५ गोल

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ३ गते ७:०७

३ असोज, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग २०२३-२४ अन्तर्गत सिजनको पहिलो खेलमा स्पानिस क्लब बार्सिलोनाले सानदार जित निकालेको छ ।

जाआओ फेलिक्सले दुई गोल गरेपछि समूह एचको खेलमा बार्सिलोनाले बेल्जियन क्लब रोयल एन्तवर्पलाई ५-० ले सहजै हरायो ।

घरेलु मैदानमा बार्सिलोनाका लागि खेलको ११औं मिनेटमै फेलिक्सले एक्ले गुन्डोगानको पासमा गोल गरी अग्रता दिलाएका थिए ।

त्यसपछि फेलिक्सकै पासमा रोवर्ट लेवान्डोस्कीले १९औं मिनेटमा गोल गरी बार्सिलोनाको अग्रता दोब्बर पारे ।

एन्तवर्पका जे बट्टाइलेले २२औं मिनेटमा आत्मघाती गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमा ३-० को अग्रता बनायो ।

५४औं मिनेटमा गावीले बार्सिलोनाका लागि चौथो गोल गरे ।

६६औं मिनेटमै फेलिक्सले व्यक्तिगत दोस्रो तथा बार्सिलोनाका लागि पाँचौ गोल गरे ।

जितपछि बार्सिलोनाले समूह एचमा तीन अंक जोडेको छ ।

यस समूहको अर्को खेलमा पोर्चुगिज क्लब पोर्टोले युक्रेनी क्लब शाख्तर डोनेस्कलाई ३-१ ले पराजित गरेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?