+
+

युनाइटेडमाथि वायर्नको रोमाञ्चक जित

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ४ गते ६:२२

४ असोज, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग २०२३-२४ अन्तर्गत समूह ए को खेलमा जर्मन क्लब वायर्न म्युनिखले इंग्लिस क्लब म्यानचेष्टर युनाइटेडमाथि रोमाञ्चक जित निकालेको छ ।

७ गोल भएको खेलमा वायर्नले युनाइटेडलाई ४-३ ले हरायो ।

घरेलु मैदान एलिएन्ज एरेनामा भएको खेलमा लरेय सानेले २८औं मिनेटमा ह्यारी केनको पासमा गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए । ३२औं मिनेटमा सर्ज जीनाब्रीले गोल गर्दै पहिलो हाफमा वायर्नको अग्रता दोब्बर पारे ।

त्यसपछि दोस्रो हाफमा पाँच गोल भयो  । ४९औं मिनेटमा युनाइटेडका आर होलमन्डले गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे ।

तर, ५४औं मिनेटमा इंग्लिस फरवार्ड केनले पेनाल्टीमा गोल गरेपछि वायर्नले ३-१ को अग्रता बनायो ।

युनाइटेडका लागि ८८औं मिनेटमा कासेमिरोले गोल गर्दै गोल अन्तर कम पारे ।

त्यसपनि इन्जुर टाइममा दुवै टिमले गोल गरे । इन्जुरी टाइमको दोस्रो मिनेटमा माथिस तेलले गोल गर्दै वायर्नलाई ४-२ को अग्रता दिलाए । इन्जुरी टाइमको पाँचौ मिनेटमा कासेमिरोले व्यक्तिगत दोस्रो गोल गरे तर युनाइटेडको हार टार्न पर्याप्त भएन ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?