+
+

अर्थतन्त्र र संस्कृतिमा टेलर स्वीफ्टको प्रभावबारे अष्ट्रेलियाले सम्मेलन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ५ गते १२:४९

काठमाडौं । पपस्टार टेलर स्वीफ्टको स्टारडमले संगीत, संस्कृति र अर्थतन्त्रमा पारेको प्रभावबारे छलफल गर्न अष्ट्रेलियाले विश्वमै पहिलोपटक प्राज्ञिक सम्मेलनको आयोजना गर्ने भएको छ ।

बीबीसीका अनुसार ‘स्वीफ्टपोजियम’ नाम दिइएको उक्त सम्मेलनमा गायिका स्वीफ्टले ती क्षेत्रमा पारेको प्रभावबारे शैक्षिक विमर्श चलाइनेछ । तीन दिने कार्यक्रमका आयोजकले यसले एसिया प्रशान्त क्षेत्रका अनुसन्धानकर्तालाई आकर्षित गर्ने आशा लिएका छन् ।

कार्यक्रम आगामी फेब्रुअरीमा हुनेछ । सोही समयमा गायिका स्वीफ्टले आफ्नो बहुचर्चित इरास टुरलाई अष्ट्रेलियामा आयोजना गर्दैछिन् ।

किशोरावस्थाबाटै स्टारडमको सिर्जना गरेकी गायिका स्वीफ्टले आफूलाई करिअरमा बृहत सांस्कृतिक क्षण र बहसको केन्द्रमा केन्द्रित गरिरहेकी छन् । ३३ वर्षीया स्वीफ्ट पछिल्लो समय सर्वाधिक कमाउने र लोकप्रियता हासिल गर्ने कलाकार हुन् । उनीप्रतिको लोकप्रियता यति छ कि उनको इरास टुरको टिकट साइट नै डाउन भएको छ । विज्ञहरुले ‘स्वीफ्टोनोमिक्स’ शब्दलाई चर्चामा ल्याइरहेका छन् । अष्ट्रेलियाको भिक्टोरियाजस्ता ठाउँ कानुन सुधारमा हतारिएका छन् ।

मेलबर्न विश्वविद्यालयका स्विफ्टपोजियम सम्मेलनका आयोजक जेनिफर बेकेटले बीबीसीलाई भने, ‘उनी एकदमै अभूतपूर्व हुन् ।’ गत वर्ष नै यसबारे घोषणा हुँदा कार्यक्रम आयोजनाका लागि अष्ट्रेलिया र न्युजिल्याण्डका सातवटा विश्वविद्यालयले साथ दिने बताएका थिए ।

‘टेलर स्विफ्टले वास्तवमै विश्वव्यापी रूपमा धेरै ठोस प्रभाव पार्छिन् । यसले हामी सबैलाई प्रभावित तुल्याउँछ,’ डा. बेकेटले भने, ‘उद्योग, मनोरन्जन कानुन र यहाँसम्म कि जीडीपीमा महिलाको भूमिका जस्ता कुराहरु प्रभावित हुन्छन् । विश्व नेताहरूले उनको इरास टुरलाई आफ्नो देशमा ल्याउन बिन्ती गरिरहेका छन् किनभने यसले ल्याउने आर्थिक फाइदाहरु प्रशस्त छन् ।’

स्वीफ्टलाई लिएर अमेरिकी विश्वविद्यालयको पाठ्यक्रममा समेत पढाइ हुन थाल्दा अष्ट्रेलियाले यस्तो शैक्षिक कार्यक्रम चलाउन लागेको हो । उक्त कार्यक्रममा स्वीफ्टको टोलीले ‘मार्केटिङ मास्टरक्लास’सहित लैंगिकता, पहिचान, वर्ण र अन्तरलैंगिकताको क्षेत्रमा गायिकाले पारेको प्रभावबारे छलफल चलाउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?