+
+

भोलि विवाह गर्दै परिणिती र राघव, केजरीवालदेखि बलिउड सेलिब्रिटी उदयपुर पुग्दै

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ५ गते १३:५७

काठमाडौं । अभिनेत्री परिणिती चोपडा र आम आद्मी पार्टीका नेता राघव चड्ढाले शनिबार राजस्थानको उदयपुरमा विवाह गर्दैछन् । विवाहका लागि दुवै शुक्रबार बिहान तालको सहर उदयपुर पुगेका छन् ।

विवाहको तयारी पूरा भएको र पाहुनाहरु पनि  विवाहस्थल पुग्ने क्रम सुरु भएको छ । त्यहाँ पुगेका दुवै जोडीलाई स्वागत गर्न उदयपुर विमानस्थलमा शाही तयारी गरिएको थियो । ढोल बजाएर स्वागत गर्न बिहानैदेखि मानिस उभिएका थिए ।

दुवै जोडी बिहान साढे ९ बजे उदयपुरको दाबोकस्थित महाराणा प्रताप विमानस्थलमा अवतरण गरेका थिए । राजस्थानी शैलीमा गरिएको स्वागत देखेर दुवै खुसी देखिए । परिणितीले रातो सुट लगाएकी थिइन् । दुवैको सुरक्षालाई ध्यानमा राख्दै राजस्थान प्रहरीसँगै पञ्जाबका बडीगार्ड पनि यहाँ तैनाथ गरिएको थियो ।

उनीहरु विमानस्थलबाट सीधै होटल लीला प्यालेसतर्फ प्रस्थान गरे । यो होटल तलाउको बीचमा बनेको छ । विमानस्थलदेखि जेट्टीसम्म विशेष सुरक्षा व्यवस्था रहनेछ । शाही विवाहलाई मध्यनजर गर्दै तालको बीचमा सुरक्षा गार्ड पनि तैनाथ छन् । सयभन्दा बढी निजी गार्डले पनि कार्यक्रममा निगरानी राख्नेछन् ।

दिल्लीका मुख्यमन्त्री केजरीवाल पनि विवाहमा पुग्ने

विवाहमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, पञ्जाबका मुख्यमन्त्री भगवन्त मान लगायत अन्य राजनीतिज्ञ सहभागी हुनेछन् । केजरीवाल लेक प्यालेसमा बस्नेछन् र विवाह समारोहमा सहभागी हुनेछन् । उनी सोमबार उदयपुरबाट दिल्ली प्रस्थान गर्नेछन् ।

२४ सेप्टेम्बरमा हुने विवाह समारोहमा राजस्थानका मुख्यमन्त्री पनि सहभागी हुनेछन् । यसबाहेक छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलको पनि उपस्थिति रहनेछ ।

परिणिती र सांसद राघवको परिवार दुई फरक होटलमा बस्नेछन् । राघवको परिवार लेक प्यालेसमा र परिणितीको परिवार होटल लीलामा रहनेछ । बेहुला राघवको विवाहको जुलुस होटल ताजलेक प्यालेसबाट डुङ्गाबाट होटल लीला पुग्नेछ, जहाँ यो शाही विवाहको लागि पर्ल ह्वाइट वेडिङ थिम राखिएको छ । सम्पूर्ण सजावट पनि सेतो थिममा हुनेछ । होटल सजाउन दिल्ली र कोलकाताबाट विशेष फूल माग गरिएको छ ।

शनिबार चुरा समारोहपछि, दिउँसो लीला प्यालेसमा पाहुनाको लागि लन्चको व्यवस्था गरिएको छ । सोही साँझ सांगीतिक कार्यक्रम हुनेछ, जसको थिम ९० को दशक हुनेछ । साँझ ९० को दशकका गीत बजाइनेछन् ।

आइतबार हुने विवाह समारोहको तालिका पनि सार्वजनिक भएको छ । जन्ती दिउँसो २ बजे पुग्नेछ । अपरान्ह ४ बजे बिदाइ, साढे ६ बजेदेखि साढे ८ सम्म रिसेप्सन चल्नेछ । विवाहमा बलिउडका धेरै सेलिब्रिटी र चार मुख्यमन्त्री पनि सहभागी हुने बताइएको छ । पाहुना पुग्ने क्रम आजैबाट सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?