+
+

क्यानको अध्यक्षमा चतुरबहादुर चन्द दोहोरिए, उपाध्यक्ष र कोषाध्यक्ष पनि निर्विरोध

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ६ गते ११:२४
क्रमश: अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशनबहादुर सिंह र कोषाध्यक्ष पदमबहादुर खड्का ।

६ असोज, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को अध्यक्षमा चतुरबहादुर चन्द दोहोरिएका छन् ।

आज भएको निर्वाचन पक्रियाबाट चन्द दोस्रो कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । चन्द यसअघि पनि अध्यक्ष थिए ।

क्यानको उपाध्यक्षमा रोशनबहादुर सिंह पनि निर्विरोध निर्वाचित भएका छन् । उनी यसअघि कोषाध्यक्ष थिए ।

यस्तै, कोषाध्यक्षमा पनि पदमबहादुर खड्का निर्विरोध चन भएका छन् । खड्का पहिलो पटक क्यान कार्यसमितिमा परेका हुन् ।

अध्यक्षमा सर्वसम्मत भएपछि चतुरबहादुर चन्दले आफ्नो जिम्मेवारी बढेको प्रतिक्रिया दिएका छन् । ‘अब टेष्ट क्रिकेटको आधारशाला तयार पार्नु छ । सरकारलाई दबाब दिइरहेका छौं,’ उनले भने, ‘क्रिकेट एक तह माथि जान्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?