+
+

क्यानको अधिवेशनमा मतगणना सुरु

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ६ गते १६:०६

६ असोज,काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को नयाँ कार्यसमिति चयनका लागि भएको मतदानको मतगणना सुरु भएको छ । सचिव, ५ प्रदेशबाट चयन हुने सदस्य र खुला सदस्यमा भएको मतदानको मतगणना सुरु भएको हो ।

सचिव पदमा पूर्वकप्तान पारस खड्का र कार्यबाहक सचिव प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा छ । त्यस्तै पाँच प्रदेशबाट चयन हुने एक/एक जना सदस्यका लागि कुल १० जनाको उम्मेदवारी परेको छ । त्यस्तै खुलातर्फका ५ जनाका लागि १३ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन भइसकेका छन् ।

क्यानको महिला सदस्यमा जयन्तीदेवी भट्ट, कर्णालीबाट प्रतिनिधित्व गर्ने सदस्यमा श्रीधर केसी र लुम्बिनीबाट प्रदिप मजगैया निर्विरोध चयन भएका छन् । क्यानको निर्वाचनमा ८५ जनाले मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?