+
+

परिणिती चोपडा र राघव चड्ढाले आज विवाह गर्दै, शनिबार गरियो संगीत समारोह

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ७ गते १२:१९

काठमाडौं । बलिउड अभिनेत्री परिणिती चोपडाले आइतबार भारतको आम आद्मी पार्टीका सांसद राघव चड्डासँग विवाह गर्दैछिन् ।

उनीहरुको विवाह समारोह शनिबार राजस्थानको उदयपुरमा सुरु भएको छ । विवाहका लागि होटल लीला र ताजलेक प्यालेस सजाइएको छ । शनिबारको संगीत समारोहका तस्वीर पनि सार्वजनिक भएका छन् ।

संगीत समारोहमा परिणितीले सिल्भर रङको गाउन लगाएकी थिइन् । जहाँ सांसद चड्डाले कालो सुट लगाए । यस क्रममा पञ्जाबी गायक नवराज हंसले ‘गोरी नाल इश्क मीता’, ‘दिल चोरी साधा हो गया’ जस्ता धेरै गीत गाए । एउटा तस्वीरमा नवराज हंस परिणिती र राघवको छेउमा उभिएर गीत गाउँदै छन् ।

यसै क्रममा परिणीतिले पनि डान्स गरिन् । यस अवसरमा कार्यक्रममा पञ्जाबका मुख्यमन्त्री भगवन्त मानलगायत धेरै अतिथि उपस्थित थिए । यसअघि शनिबार दिउँसो १ बजे ताजलेक प्यालेसमा राघवको सेहराबन्धी हुनेछ । शनिबार राति सांगीतिक कार्यक्रमको आयोजना गरिएको थियो । जसमा दुवै परिवारका जोडीले ९० को दशकको गीतमा नृत्य गरेका थिए ।

संगीत समारोहमा पञ्जाबी कलाकारले पञ्जाबी ढोल बजाएका थिए । जसमा राघव र परिणितीले साथीभाइसँग मिलेर भांगडा प्रस्तुत गरे । यस विशेष अवसरमा परिणीतिले राघवका लागि एउटा गीत पनि गाएकी थिइन् ।

आइतबार दिउँसो सेहराबन्धीपछि चड्ढाको जन्ती टिम ताजलेक प्यालेसबाट होटलको विलासी डुंगामा निस्कनेछ । सबै डुंगालाई शाही शैलीमा सजाइएको छ । त्यसपछि दुलाहा र जन्ती सीधै लीला होटल पुग्नेछन् । विवाह होटल लीला प्यालेसको मुख्य बगैंचामा हुनेछ । पञ्जाबी र राजस्थानी शैलीमा जन्तीलाई स्वागत गरिनेछ ।

स्थानीय प्रहरीले राघवको सुरक्षाका लागि मेवाड भिल कोर (बिएमसी) का ११ जना सिपाही पनि तैनाथ गरेको छ । विवाह समारोहमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल र पञ्जाबका मुख्यमन्त्री भगवन्त मान पनि  सहभागी हुने जनाइएको छ । करण जोहर, वरुण धवन, सानिया मिर्जा, मनिष मल्होत्रा, कपिल शर्मालगायतका कलाकार पनि उदयपुर पुगेका छन् । अभिनेत्री प्रियंका चोपडाले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा परिणिती र राघवका लागि सन्देश सेयर गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?