+

महिला फुटबल र बास्केटबलमा नेपालले आज जापानसँग खेल्दै

२०८० असोज  ८ गते ९:०९ २०८० असोज ८ गते ९:०९
महिला फुटबल र बास्केटबलमा नेपालले आज जापानसँग खेल्दै

८ असोज, हान्झाउ । चीनको हान्झाउमा भइरहेको १९औं एसियाडअन्तर्गत  आज नेपालको महिला फुटबल र बास्केटबल टिमले जापानको सामना गर्दैछ ।

महिला फुटबलको  समूह डी मा रहेको नेपाल र जापानबीचको खेल वेन्झोउ ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियममा नेपाली समय अनुसार साँझ सवा ५ बजे सुरु हुनेछ ।

यही संस्करणमा एसियाडमा डेब्यु गरेको नेपाली  महिला फुटबल टिम यसअघि पहिलो खेलमा भियतनामसँग २-० ले पराजित भएको थियो ।

नेपालले महिला विश्वकप उपाधि जितिसकेको जापानसँग एसियाडमा पहिलो पटक खेल्न लागेको हो ।

पहिलो खेलमा भियतनामविरुद्ध घाइते भएकी सरु लिम्बुले भने एसियाडको बाँकी खेल गुमाउनेछिन् ।

नेपालले समूहको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ ।

यस्तै महिला थ्री बाई थ्री बास्केटबलमा नेपालले जापानसँग खेल्दैछ ।

समूह बी अन्तर्गत उक्त खेलमा देकिङ जिओग्राफिक इन्फरमेसन पार्क बास्केटबल कोर्टमा नेपाली समय अनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।

नेपाली महिला टोलीले एसियाडमा लगातार तेस्रो पटक बास्केटबलमा सहभागिता जनाएको हो भने थ्री बाई थ्री मा महिला टोलीले लगातार दोस्रो पटक खेल्न लागेको हो ।

श्रेया खड्काको कप्तानीमा रहेको नेपाली टोलीमा गरिसा सिलवाल, मिनु गुरुङ र रिन्छेन मोक्तान छन् ।

बास्केटबल महिला फुटबल १९औं एसियाड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय