+
+

विवाहको तस्वीर सेयर गर्दै परिणिती लेख्छिन्- हामी एकअर्काबिना बाँच्न सक्दैनौं

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ८ गते ११:५३

काठमाडौं । भारतको आम आदमी पार्टीका सांसद राघव चड्ढा र बलिउड अभिनेत्री परिणिती चोपडाले विवाह गरेका छन् । आइतबार उदयपुरको होटेल लीला प्यालेसमा विवाह संस्कार सम्पन्न भएको हो ।

दुवैको विवाहको तस्वीर पनि सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा तस्वीर सेयर गर्दै परिणिती चोपडाले लेखेकी छन्, ‘हाम्रो मनले ब्रेकफास्ट टेबलमा भएको पहिलो कुराकानीबाटै एकअर्कालाई चिनेको थियो । लामो समयदेखि यो दिनको प्रतीक्षा थियो । अन्ततः श्रीमान् र श्रीमती बन्ने अवसर पायौं । हामी एकअर्काबिना बाँच्न सक्दैनौं ।’

आइतबार दिउँसो राघव परिवार र साथीभाइसँग विवाहको जन्ती लिएर मण्डपमा पुगेका थिए । जन्ती पुग्दा परिणितीको परिवारका सदस्यले उनलाई उत्साहपूर्वक स्वागत गर्दै पुष्पवृष्टि गरेका थिए ।

विवाह समारोह सकिएपछि राघव र परिणितीले सँगै फोटोसुट पनि गराए । त्यसपछि दुवैको विवाहको तस्वीर सार्वजनिक हुन थाले । तस्वीरमा परिणितीले स्याम्पेन कलरको साडी लगाएकी छन् । राघव चड्ढा आइभोरी सुटमा देखिएका छन् । यी दुई तस्वीरमा रोमान्टिक देखिएका छन् । फेसन डिजाइनर मनिष मल्होत्राले यो जोडीका लागि पहिरन डिजाइन गरेका हुन् ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?