+
+

हलिउड लेखक र स्टुडियो सम्झौता नजिक

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ८ गते १२:२४

काठमाडौं । हलिउड फिल्म र टेलिभिजनका लेखकले ठूला स्टुडियोसँग आफूहरु एक अस्थायी सम्झौताको नजिक पुगेको बताएका छन् । सम्झौता भएमा करिब पाँच महिनादेखिको हड्ताल अन्त्य हुनेछ ।

राइटर्स गिल्ड अफ अमेरिका (डब्लुजीए)ले उक्त सम्झौता ‘असाधारण’ र ‘लेखकहरुको लागि अर्थपूर्ण लाभ र सुरक्षा’सहित भएको जनाएको छ । तर पनि डब्लुजीएका सदस्यको अन्तिम भनाइ आउन बाँकी नै छ ।

यो हड्ताललाई हलिउडमा असर गर्ने दशककै लामो हड्ताल भनिएको छ, जसले फिल्म र टेलिभिजनको निर्माण कार्य रोकेको छ । गत मे २ मा सुरु भएको हड्तालले अमेरिकी राज्य क्यालिफोर्नियामा ठूलो आर्थिक नोक्सानी भएको बीबीसीले जनाएको छ ।

लेखक संघको नेतृत्व र संघका सदस्यले काममा फर्कनुअघि एलायन्स अफ मोसन पिक्चर र टेलिभिजन निर्मातासँग तीन वर्षको सम्झौतामा सहमत हुनुपर्नेछ । गिल्डले प्रस्तावित सम्झौतालाई अझै अन्तिम रुप दिन बाँकी रहेको जनाएको छ । हड्तालका कारण लोकप्रिय अमेरिकी टिभी श्रृंखला र लेट-नाइट टक शो कार्यक्रम ठप्प छन् । लेखकहरु कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टिलिजेन्स)ले आफ्नो प्रतिभालाई मार्ने त्रास व्यक्त गरिरहेका छन् ।

हड्तालको कारण पहिरन निर्यात, डकर्मी, क्यामेरा अपरेटर्सजस्ता टिभी कार्यक्रम निर्माणसँग जोडिएका अन्य व्यवसाय पनि ठप्प छन् । पछिल्ला केही दिनमा नेटफ्लिक्स, डिज्नी प्लस, युनिभर्सल र वार्नर ब्रदर्स डिस्कवरीका मालिकहरु वार्तामा सहभागी भएका थिए । जसले सहमितका लागि वातावरण तयार पारेको हो । लेखकका साथै हलिउड कलाकार पनि यतिबेला आन्दोलनमा छन् । साग–आफ्ट्राको ब्यानरमा एक लाख ६० हजार कलाकार हड्तालमा उत्रिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?